मुख्य समाचारसमाचार

निवर्तमान प्रधानमन्त्री देउवाले छोडनुभयो सरकारी निवास

Gobal IME Bank

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सर्नुभएको हो ।

बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँ २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button