समाचार

साउने (कर्कट) सङ्क्रान्ति मनाइँदै -Good news 24

Gobal IME Bank

१ साउन  काठमाडौं । साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । आज कै दिन लाई लुतो फाल्ने दिन भन्दै बिभिन्न जडिबुटीहरुको ध्वनी लागाई ‘लुतो जा’ भन्दै कराउने परम्परा छ । आजको दिन स्नान तथा नुहाएर शुद्द हुने, मिठो खाने, आफ्ना आफन्तहरुसंग भेटघाट गर्ने गरी मनाइन्छ । आजबाट नै बिभिन्न ब्रत तथा भाकलका कृयाहरु गरिन्छ । असाढ एक महिना भरी काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । जसमा लुतो फाल्ने र लुतो फाल्दा आ आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
आज देखी भिबिन्न ठाउँमा एक महिने मेला तथा एक महिने ब्रत बस्ने गरिन्छ । आज कै दिनबाट महिलाले हरियो, पहेलो चुरा, मेहन्दी तथा सारी लगाएर मन्दिर जाने गर्छन् । यसलाई अहिले चुरा र मेहन्दीको महिना पनि भनिन थालिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button