शिक्षा स्वास्थसमाचार

अनुहारको चाउरीपनाबाट मुक्त हुन अपनाउनुहोस् यी अचुक उपायहरु

Gobal IME Bank

आफ्नो शरिरको छालाको सहि रुपमा वास्ता गर्न नजान्दा वा वास्तै नगर्दा हामी नैराश्यताको शिकार हुन पुग्दछौं । आफ्नो अनुहारमा चमक बढाउन तथा चाउरीपना हटाउनको बहानामा धेरैले विभिन्न औषधि तथा कस्मेटिक सामाग्रीहरुको प्रयोग गर्ने गर्छन् । तर, रसायनयुक्त त्यस्ता सामाग्रीले छालालाई क्षणिक चमक मात्रै प्रदान गर्दछ । र कालान्तरमा गएर यसका विभिन्न नकरात्मक असरहरु देखा पर्न थाल्छ । त्यसो त सुन्दरता हाम्रो खानपिन र स्याहार सुसारमा भर पर्ने कुरा हो ।

छालालाई प्राकृतिक रुपमा स्वस्थ्य राख्नका लागि विभिन्न घरेलु उपचार तथा हेरचाहको आवश्यकता पर्दछ । तसर्थ छालालाई चाउरीपनाबाट बचाउँन र स्वस्थ राख्न विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

‘अल्फा हाइड्रक्सी एसिड’को पयोग
पाकृतिक एसिडको रुपमा पाईने अल्फा हाइड्रक्सी एसिडले छालामा रहेका मृत कोषहरुलाई हटाउन मद्दत गर्दछ । जसकारण आँखाको वरिपरि देखा पर्ने चाउरीपनको प्राकृतिक रुपमा उपचार गर्ने पनि गर्दछ । तर यसको केही नकारात्मक पक्ष पनि रहेकोले घाममा हिड्दा हाई एसपिएफ क्रिमको प्रयोग गर्नुपर्दछ । किनभने यस एसिडको दैनिक प्रयोग गर्नाले छालामा घामको संवेदनशीललाई बढाउँछ ।

भिटामिन ‘सी’ को प्रयोग
मेडिकल अध्ययनहरुका अनुसार छालाको कोलजेनलाई बढाउन भिटामिन सीले निकै ठुलो भुमिका निर्वाह गर्दछ । भिटामिन सीले युभिए र युभिबि किरणबाट जोगाउँदछ, र छालामा भएका रातो पोतो, कालो रेखी (डार्क सर्कल) र नमिल्दो छालाको प्रकृतिलाइृ मिलाउन मद्दत गर्छ । जसकारण छालाको चाउरीपन पनि हटेर जान मद्दत मिल्दछ ।

सुर्यको किरणबाट बच्ने
मानिसलाइ मात्र नभई हरेक सजिव प्राणीहरुको लागि घामको किरण अत्यन्तै आवश्यक तत्व हो । घामको किरणबाट हामी भिटामिन ‘डि’ प्राप्त गर्दछौं । त्यती मात्रै नभई मानव शरीरमा चाहिने अन्य तत्वहरु पनि घामबाट हामी प्राप्त गर्दछौं । घाम ताप्दा सुर्यको किरणलाई सिधै हाम्रो छालामा पर्न दिनुहुँदैन, जसबाट बच्दा हाम्रो छाला चाँडै मर्नबाट पनि बच्ने गर्दछ । शरिरलाई घामलाई जोगाउन कपडा तथा सलको प्रयोग गर्नुपर्छ र चिकित्सकको सल्लाहमा अन्य क्रिमको पनि प्रयोग गर्न सकिन्छ ।

सालमोनको अत्याधिक प्रयोग
चिसो पानीमा रहने माछाको प्रयोगले हाम्रो छालामा चमक ल्याउन मद्दत पुर्याउँछ । प्रोटिनको उपयुक्त स्रोत मानिने यसले छालालाई सुन्दर तथा मुलायम बनाइ राख्छ । यसमा ‘ओमेगा फ्याट ३’ पनि पाइने भएकाले पनि यसले छाला चाउरीनबाट जोगाउँछ ।

पर्याप्त सुत्ने
मानव शरिरलाई पर्याप्त मात्रामा आराम (निन्द्रा) चाहिन्छ । कम निन्द्रा पनि छिट्टै छाला चाउरिनुको कारण मध्येको एक हो । यो पनि हाम्रो स्वास्थ्य तथा सौन्दर्य दुवै पक्षसंग जोडिएको हुन्छ । त्यसैले हामीले दैनिक ७ देखि ८ घन्टा पर्याप्त निदाउनु आवश्यक हुन्छ । यसले शरीरलाइ स्फुर्त राख्नुको साथै तपाइको मुहारको चमक पनि कायम राख्ने गर्छ।

भटमासको प्रयोग
एक अध्ययनले भटमास बाहिरी वातावरणीय प्रभावबाट छालालाई बचाई त्यसबाट हुन सक्ने क्षतिबाट बचाउँछ भन्ने बताएको छ । यसले छालाको संरचना र टोन व्यवस्थापनमा समेत मद्दत गर्दछ । भटमासले छालाको स्थितीलाई सुधार गरी यसलाई निरन्तर सुरक्षा प्रदान गरीराख्न मद्दत गर्दछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button