शिक्षा स्वास्थसमाचार

स्किन हाइड्रेट गर्ने ५ ओभरनाइट फेस मास्क

Gobal IME Bank

काठमाडौँ । हाम्रो शरीर हामी सुति रहँदा हिल र रिपेयर भई रहेको हुन्छ । यतिबेला हामीले हाम्रो शरीरलाई उपयुक्त इन्ग्रिडेन्ट प्रयोग गरी राम्रो सँग हाम्रो शरीरलाई हिल र रिपेयर गर्न सक्छौ । यो फेस मास्कलाई हामीले रात भरिको लागि छालामा लगाएर छोड्नु पर्छ । ओभरनाइट मास्कलाई स्लिपिङ मास्क पनि भन्ने गरिन्छ ।

१)नरिवलको तेलको फेस मास्क
नरिवललाई सुपर फुड भनेर पनि चिनिन्छ । यसले ड्राई र इरिटेट भएको छालालाई राहत दिने काम गर्छ । नरिवलको तेललाई फेसमा लगाउदा छालालाई हाइड्रेट गर्छ, इन्फेक्सन हुनबाट जोगाउछ, इन्फ्लेमेसनलाई कम गर्छ । तर यदि तपाईको छाला ओइली र सेन्सिटिभ छ भने नरिवलको तेलबाट टाढा नै रहनु होस् ।

२) खरबुजाको फेस मास्क
खरबुजाले हाम्रो छालालाई प्यामपर गर्ने काम गर्छ । यसमा लाइकोपिन हुन्छ जसले स्किन ड्यामेज र हानिकारक रेडिकल्सहरु बाट जोगाउँछ । खरबुजाको रातो भागबाट रस निकाल्ने र कपासको सहायताले अनुहारको छालामा राती सुत्नु भन्दा अगाडी लगाउने ।

३) बेसार र दुधको फेस मास्क
बेसार आयुर्वेदिक औषधिको रुपमा निकै चर्चित छ । यसमा एन्टिमाइक्रोबायल र एन्टि इन्फ्लेमेटरि प्रोपर्टिहरु पाइन्छ । यसले एन्टिअक्सिडेन्टको काम गर्छ जसले गर्दा पिम्पल र फोटो एजिङ कम गर्छ । यसले एलिपेसियालाई र स्किन हेल्थ पनि सुधार गर्छ । दुधमा पाइने ल्याक्टो एसिडले छालाको टेक्सचर र फर्मनेसलाई राम्रो बनाउँछ । आधा चिया चम्चा बेसार र एक चिया चम्चा काँचो दुध मिसाएर टोनरको रुपमा छालामा राति सुत्नु भन्दा अगाडी लगाएर सुत्ने ।

४) काँक्रोको फेस मास्क
काँक्रो स्किनको लागी सुपर फुड मानिन्छ यसले छालामा कुलिङ इफेक्ट गर्छ । काँक्रोको फेस मास्कले छालामा हाइड्रेसन लेभल बुस्ट गर्छ ,इन्फ्लेमेसनलाई कम गर्छ , सनबर्न हटाउँछ र छालालाई चम्किलो बनाउँछ । काँक्रोको जुस निकालेर कपासको सहायताले राती सुत्नु भन्दाा अगाडी लगाएर सुत्ने ।

५) घीउकुमारी र भिटामिन ई को फेस मास्क
घीउकुमारीमा भिटामिन इ, ए र सि जस्ता एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा अमिनो एसिड, स्यालिसाइलिक एसिड, लिग्गिन र इन्जाइम पाइन्छ । यो फेस मास्कको प्रयोग गर्दा यू भि रेजको इफेक्टबाट सुरक्षा गर्छ, कोलाजेन सिन्थेसिसलाई प्रोमोट गर्छ र छालामा इन्फ्लेमेसनलाई कम गर्छ । भिटामिन इ को तेल र घीउकुमारीलाई मिसाएर राती सुत्नु भन्दा अगाडी लगाएर सुत्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button