मुख्य समाचारशिक्षा स्वास्थसमाचार

डण्डीफोर किन आउँछ ? कसरी कम गर्ने ? हेर्नुहोस् उपायहरु

Gobal IME Bank

एजेन्सी । छालामा हुने विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ उत्पादन गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल र मुलायम राख्न मद्दत गर्छ ।

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनको कारणले गर्दा पनि छालामा भएको तैलीय ग्रन्थिलाई उत्तेजित हुन्छ । यसप्रकारको हार्मोनको असन्तुलनको कारण जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभाव स्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथ साथै, धेरै चिल्लोका कारण रौँका छिद्रहरु पनि खुल्न थाल्छन् ।

बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा आएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ र यही भागमा बिस्तारै डन्डिफोर आउँछ ।

डन्डिफोर आउने कारणहरु: 

–हर्मोनमा परिवर्तन तथा खराबी ।
–अनियमित महिनावारी ।
–असन्तुलित खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय ।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
–लामो समयसम्म कब्जियतका कारण पनि डण्डीफोर आउछ ।

कसरी डण्डीफोरलाई कम गर्ने ?

अनुहारलाई सफा राख्ने, छालाको छिद्रमा धुलो जमेर पनि डन्डिफोर आउन सक्छ त्यसैले छालालाई सफा राख्ने ।

सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु लाभदायक हुन्छ ।

डन्डिफोर देख्ने बित्तिक्कै निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो खराब बानी हो । डन्डिफोरलाई छुनु यसरी डण्डीफोर फुटाउँदा छालामा दाग बस्छ त्यसैले जथाभावी डन्डिफोर नफुटाउँदा छालाको लागि लाभदायक हुन्छ ।

निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याक बनाएर छालामा लगाएर अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।

राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्दा डन्डिफोरमा राहत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button