समाचार

नेप्से परिसूचक ११.९७ अंकले गिरावट, कारोबार रकम ८२ करोडमा सिमित

Gobal IME Bank

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधवार पनि घटेर कारोबार बन्द भएको छ ।

बुधवार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ ।

बुधवार कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । मंगलवार १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर व्यापार उपसमूहको परिसूचक २।४३ प्रतिशत घटेको छ ।

बुधवार नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्युचुअल फण्डको इकाईमूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै,अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ । यता,प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button