Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

Subash Nemwang

काठमाडौँ। हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको छ।

शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई आज दिउँसो १२ बजे पार्टी कार्यालय लगिएको हो। नेम्वाङलाई नेपाली सेनाले राजकीय सम्मान दिने भएको छ।

काठमाडौंको बालुवाटारस्थित निजी निवासमा राति हृदघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ। नेम्वाङका छोरा स्वेदेश फर्किन करिब दुई दिन लाग्ने अनुमान छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button