समाचार

भूकम्प पीडितलाई राहतको घोषणा

Gobal IME Bank

सुदूरपश्चिम । डोटी जिल्लाका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले गए राति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गर्नुभएको छ ।

डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले रासससँग कुराकानीमा भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँले भन्नुभयो, “मृतकका परिवारलाई परेको शोकबाट म पनि मर्माहत भएकाले पीडित परिवारजनलाई राहत दिने घोषणा गरेको हुँ ।” भूकम्पको धक्का आफ्नो क्षेत्रमा महसुस भए पनि मानवीय क्षति नभएको र कतिपय घरमा चिरा परेको उहाँले बताउनुभयो ।

पूर्वीचौकी गाउँपालिकामा भूकम्पका कारण भत्किएका घरमा च्यापिएर पाँच जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सो क्षेत्रमा दर्जनजति घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाका धेरै परिवारको घरमा चिरा परेको छ । नेपाली सेना प्रहरी उद्धारमा खटिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button