मुख्य समाचारसमाचार

थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृह मन्त्रालयसँग सहयोग

Gobal IME Bank

काठमाडौं । थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालयसँग सहयोग मागेको छ।

महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको र सो को लागि गृह मन्त्रालयलाई समन्वय गर्न अनुरोध गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएका छन् ।

बागमती सभ्यता एकीकृत विकास परियोजनाको समेतबाट नै अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक समन्वय र प्रयास भए तापनि पनि सफल नभएको महानगरको भनाइ छ।

थापाथली क्षेत्रका बस्ती हटाएर सौन्दर्यीकरणको कार्य तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको पत्रमा उल्लेख गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button