मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा फलफुल किन खाने ?

Gobal IME Bank

एजेन्सी । बढ्दो गर्मीमा मानिसहरु चिसो खानेकुरा र पेयपदार्थ सेवन गर्न रुचाउँछन्। सामान्यतया दही, मही, फलफूल र जुसलाई चिसो खाना भनेर बुझिन्छ। तर अहिले आकर्षक विज्ञापनको कारण शहरी क्षेत्रमा मात्र नभई गाउँमा पनि बट्टा तथा बोतलमा बन्द गरिएका फलफूल, तयारी जुस र कृत्रिम पेयपदार्थको सेवन गर्ने चलन बढिरहेको छ। यी खानाहरु स्वादिलो भएपनि यसले भोक मेटाउने, खानाप्रति रुचि घटाउने र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् ।

गर्मीमा बढ्दो तापक्रम, लामो दिनको कारण हामीमा उर्जा कम भइ रहेको हुन्छ यसकारण हामिलाई काम गर्न पनि अल्छी लाग्ने गर्छ । गर्मीमा फलफुल सेवन गर्दा हाम्रो शरीरमा उर्जा र पोषक तत्व प्राप्त हुन्छ । फलफुल खाँदा हामिलाई शीतल हुनुका साथै हाम्रो शरीर हाइड्रेटेड रहने गर्छ ।

ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हो । शिशुहरुले दैनिक खाने खानामा दूध बाहेक ताजा फलफूलको मनतातो रस समावेश गर्दा उनीहरुको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। फलफूलको रस तताउँदा भिटामिन सी नष्ट हुन सक्छ त्यसैले तातोपानीको भाडोमा डुबाएर फलफुलको रसलाई मनतातो बनाउनु पर्छ। यसैगरी गर्भवती, सुत्केरी तथा भर्खर बिरामीबाट निको भएको मानिसहरुले सागसब्जीको साथसाथै फलफूल दैनिक भोजनमा समावेश गर्नु जरुरी हुन्छ। दैनिक भोजनमा २ सय ५० देखि ३ सय ग्राम फलफूल समावेश गर्नु पर्छ।

गर्भवती अवस्थामा गर्भमा रहेको शिशुको लागि थप पौष्टिक तत्व आवश्यक हुन्छ भने अर्कोतिर हेमोग्लोबिन बन्नकालागि आवश्यक पर्ने खनिज पदार्थ, आइरन शरीरमा शोषण तथा उपयोग गर्नको लागि भिटामिन सी को आवश्यकता पर्छ । कहिलेकाहि खानाबाट आइरन प्राप्त भए पनि शरीरमा भिटामिन सी को कमीबाट यस तत्वको राम्ररी शोषण हुन नसकी एनिमिया हुने जोखिम बढ्छ।

भिटामिन ए, इ र बी शाकाहारी खाद्यपदार्थ बाहेक अन्य खाद्यवस्तुमा पनि पाइन्छ तर भिटामिन सी फलफूल र सागसब्जीमा मात्र पाइन्छ। प्रायजसो बालबालिकालाई सागपातभन्दा बढी फलफूल मन पर्छ। बालबालिकाले सागपात खान नरुचाएमा फलफूलबाट नै उनीहरुले भिटामिन सी प्राप्त गर्न सक्छन्। यसबाहेक सबै फलफूल काँचै खान मिल्छ । सागसब्जी पकाएर खानु पर्छ जसको कारण सागसब्जी काटदा, पखाल्दा भिटामिन सी धेरै नष्ट हुन सक्छ।

उखु बाहेक अन्य फलफूलमा कार्बोहाईडेट नगन्य मात्रामा हुन्छ। फलफूलमा प्रोटिन र चिल्लोपदार्थ हुदैन त्यसैले कम क्यालोरीको भोजन गर्ने योजना बनाउदा फलफूल समावेश गर्दा फाइदाजनक हुन्छ। भिटामिन सी बाहेक पँहेलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पाइन्छ। फलफूल तथा सागसब्जीमा प्रशस्त एन्डिअक्सिडेन्ट तत्वहरु जस्तै भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम हुने भएकाले मुटुसम्बन्धी रोगको जोखिम कम गर्न यी तत्वहरुले मद्दत पुर्याउने कुरा एक अध्ययनले देखाएको छ ।

एन्टिअक्सिडेन्ट बढी हुने भएकाले ताजा फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। दिनको एउटा स्याउ वा कुनै पनि ताजा फलफूल खाएर रोगबाट टाढा रहन सकिन्छ। फलफूलको प्रकार अनुसार यसमा करिब ८५ प्रतिशत पानी हुन्छ। रस भएको फलफूलमा पानीको प्रतिशत बढी हुन्छ। गर्मी मौसममा पानीको आवश्यकता बढ्ने हुनाले भोजनमा समावेश गरेको फलफूलले केही हदसम्म पानीको पूर्ति गर्न मद्दत पुर्‍याउँछ । यी उल्लिखित विभिन्न गुणले गर्दा दैनिक भोजनमा फलफूलको समावेश अनिवार्य देखिन्छ।

फलफूलमा पाइने पौष्टिक तत्वहरु सागसब्जीमा पनि हुन र सागसब्जी फलफूलको दाँजोमा सस्तो हुने भएकाले भोजनमा सागसब्जीलाई नै प्राथमिकता दिएको देखिन्छ तर भोजन सन्तुलित बनाउन ३० देखि ५० ग्राम फलफूल दैनिक भोजनमा समावेश गर्नु पर्छ।

यसैगरी हाल तयारी तथा कृत्रिम तरीकाले बनाइएको फलफूलको जुस तथा पेयपदार्थले हाम्रो शरीरमा नकारात्मक असर गर्ने हुदा भोजनलाई प्रकथमिकता दिनु हाम्रो लागि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button