मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा छालालाई चाहिन्छ विशेष स्याहार, कसरी राख्ने स्वस्थ ?

Gobal IME Bank

एजेन्सी । गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरतालाई नष्ट गर्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो, डण्डिफोर लगाएतका समस्याहरु देखा पर्ने गर्छ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।

छालालाई सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जस्तो सुकै प्रडक्टहरुको प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले गर्मीयाममा छालाको प्रकार अनुसार छालाको ख्याल राख्नु पर्छ । धुलो, धुँवा र घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर छालाको हेरचाह गर्नु पर्छ ।

छालाको हेरचाह गर्ने उपायहरु:

  • मौसम अनुसारका ताजा फलफुलहरु खाने
  • पर्याप्त मात्रामा हरियो सागसब्जी खाने
  • घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने
  • दिनभर घाममा निस्कदा तीन– तीन घन्टाको अन्तरमा सनस्क्रिन प्रयोग गर्ने
  • घरबाट बाहिर निस्कँदा छाता वा क्यापको प्रयोग गर्ने
  • कम्तिमा ३० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
  • स्किन टोनर वा गुलाबजलको प्रयोग गर्ने, यसले छालालाई शीतलता प्रदान गर्छ
  • दिनमा दुई पटक क्लिनजिङ गर्ने
  • बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
  • महिनामा दुई पटक फेसियल वा क्लिनजिङ गर्ने
  • आफ्नो छालालाई सुहाउने फेस प्याक र फेसवासहरु प्रयोग गर्ने
  • कम्तिमा ६ देखि ८ घण्टा सुत्ने

ब्युटिसियनहरुका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन् । फुस्रो छाला, चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने सुझाव प्राय सबै ब्युटिसियनहरुले दिने गर्छन् ।

१. ड्राइ छालाको हेरचाह

स्किन ड्राइ छ भने घरको भान्छामा पाइने सामग्री प्रयोग गरेर फेस प्याक बनाउन सकिन्छ । सफा पानी र फेसवासले मुख धुने गर्दा छालाको लागि फाइदाजनक हुन्छ । हप्ताको दुई पटक स्क्रबको प्रयोग गर्नु छालाको लागि राम्रो हुन्छ । गर्मी महिनामा शरीरमा पानीको कमी भई डिहाड्रेसन हुने गर्छ, तसर्थ छालालाई मोइस्चराइज्ड राख्नु जरुरी हुन्छ ।गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ । ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु पर्छ । अन्डाको सेतो भाग, कागतीको रस, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर पेस्ट बनाएर फेस प्याक बनाई छालामा लगाउदा फाइदाजनक हुन्छ । त्यसैगरी कागती, टमाटर र घ्युकुमारीको रस छालामा लगाउदा उपयुक्त हुन्छ ।

२. चिल्लो छालाको हेरचाह

चिल्लो छालामा पिम्पलले निकै दुःख दिने गर्छ । जसका लागि गर्मियाममा चिल्लो छाला भएकाहरुले कागती र दही मिक्स गरी फेस प्याक बनाएर हप्तामा एक पटक छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसो गर्दा छालामा प्राकृतिक रुपमा चिल्लोपना कम गर्छ । यसको सट्टा बेकिङ पाउडर र कागतीको मिक्समा पेस्ट बनाएर पनि लगाउन सकिन्छ । चिल्लो छालाको लागि कागती, टमाटर, एलोबेरा, दही र मुलतानी माटो लगाउन पनि उपयुक्त हुन्छ ।

३. सामान्य छाला

सामान्य छाला हुनेहरूका लागि मोस्चराइजर आवश्यक हुन्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउने, मौसम अनुसारको फलफूल खाने, दैनिक सनब्लक क्रिम प्रयोग गर्ने, हप्तामा एक दुई पटक फेस प्याक लगाउने र फेसियल गर्ने गर्दा छालाको लागि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button