मनोरञ्जनमुख्य समाचारसमाचार

पिर्के सलामीबारे अभिनेत्री सुरक्षा पन्तको कटाक्ष कविता- ‘कठै ! बानी बन्दै हो’

Gobal IME Bank

काठमाडौं । कलाकारितामा पोख्त अभिनेत्रीका रुपमा स्थापित हुनुभइसकेकी अभिनेत्री सुरक्षा पन्त साहित्यमा पनि निकै रुचि राख्नुहुन्छ । अभिनेत्री सुरक्षा पन्तको अभिनय रहेको नेपाली चलचित्र धनपति ले त झनै नेपाली सिने जगतमा तहल्का नै पिट्यो । उहाँको अभिनय दर्शकहरुले औधी रुचाएका थिए ।

उहाँ कलाकारितामा मात्रै हैन् साहित्यमा पनि त्यति नै पोख्त हुनुहुन्छ । उहाँ यतिबेला ‘द पोइट आइडल’ रियालिटी शो की एक निर्णायक पनि हुनुहुन्छ । त्यसैले हिजोआज उहाँले आफ्ना धारणाहरु पनि कविताको शैलीमा नै राख्ने गर्नुहुन्छ ।

गत साता मात्रै सुर्खेतको बाघको शालिक भाइरल बन्दा त्यस्मा पनि असहमति जनाउँदै सुरक्षाले कलाचेतमाथि आफ्नो भनाई राख्नुभएको थियो ।

त्यस्तै अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्वीर सामाजिक सञ्जालमा भाईरल बनेपछि उहाँले व्यंग्य गर्दै कविता लेख्नुभएको छ। पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गर्नुभएको छ । यद्यपी उहाँले गृहमन्त्री रवि लामिछानेको तस्बिर भने हटाइसक्नुभएको छ ।

सुरक्षा पन्तको कविता:

“पिर्का”
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा
पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?
“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।
मानौं!
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?
पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button