समाचार

राजस्व वृद्धि -Good News 24

Gobal IME Bank

पर्सा, ३ साउन – वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।
अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशत बढी हो । महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ । त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । —

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button