समाचार

ठैव–बाडेगाउँ सडकको नाली–ढल व्यवस्थापन हुँदै-Goodnews24

Gobal IME Bank

ललितपुर, ५ पुस- सातदोबाटो–गोदावरी सडक खण्ड अन्तर्गत ठैव–बाडेगाउँ मूल सडकमा नाली तथा ढल व्यवस्थापनको कार्य अघि बढेको छ । सो सडक स्तरोन्नति लगायत कालोपत्र गर्नका लागि आजदेखि नाली तथा ढल व्यवस्थापनको कार्य अघि बढाइएको हो । ती सडकमा दैनिक गुड्ने सवारी साधन वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिसकेको गोदावरी नगरपालिका–१४ का वडाध्यक्ष जगनाथ महर्जनले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “ठाउँठाउँमा प्वाल खनेर ढलको पाइप हाल्ने र यसलाई सुकाउने काम गर्नुपर्ने हुँदा १६ दिन सडक अवरुद्ध हुनेछ ।”

ठैव–बाडेगाउँ मूल सडक भएर दैनिक यात्रा गर्ने गोदावरीवासीले हाडेगाउँचोक, बाडेगाउँचोक हुँदै झरुवारासी भएर भट्टराई आश्रम र ठैवचोक हुँदै दमैटार भएर हाडेगाउँ यात्रा गर्न थालिसकेका छन् । ती सडकमा ढल व्यवस्थापनका लागि ठैवबाट–बाडेगाउँसम्म ९०० मिटर खन्नुपर्छ । सो सडक खण्ड कालोपत्र गर्न सरकारले २२ मिटरको मापदण्ड तोके पनि मुआब्जा विवाद र क्षतिपूर्ति पाउन नसकेका कारण कहीँ चार, कतै छ लेनको र कहीँ आठ मिटरको सडक रहेको महर्जनले जानकारी गराउनुभयो ।

केही वर्षअघि देखि सातदोबाटो–गोदावरी सडकको अवस्था एकदमै दयनीय बन्दै गइरहँदा आफूहरुले विभिन्न समस्या भोग्नुपरिरहेको स्थानीयवासीको गुनासो छ । सडकमा भएका खाल्डाखुल्डी, हिलो र धुलोका कारण वर्षैपिच्छे दुर्घटना हुने र सडक छेउमै घर भएका कारण दैनिक उड्ने धुलोले भित्र समेत बस्न कठिन भइरहेको सविता महर्जनले गुनासो गर्नुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button