अन्यसमाचार

तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ

Gobal IME Bank

म्याङ्लुङ । तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन् चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् ।

वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ । उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटनक यतिबेला कात्तिकको सातादेखि नै दैनिक तीन हजारभन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताउनुभयो । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने गरेको उहाँको भनाइ छ ।

पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “वसन्तपुरदेखि गुफासम्मका होटेल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकलेसमेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।”पदयात्राको आनन्द र हिमशृङ्खलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने ग्याल्जे शेर्पाले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button