अन्यगुड न्यूज 24शिक्षा स्वास्थसफल कथा

सफलता प्राप्त गर्ने १० तरिकाहरू पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

तपाईंको सबै लक्ष्य पुरा हुनु र भित्र आत्मा देखि नै सन्तुष्टी प्राप्त गर्नु वा सबै आवश्यकताहरु सजिलै पुरा गर्न सक्ने हैसियतको हुनु नै सफलता प्राप्त गर्नु हो। लक्ष्य र सफलता प्राप्त गर्नका लागि तपाईंले आजबाट केही सोच्नु आवश्यक छ । हामी यहाँ सफलताका केहि  तरिकाहरुको बिषयमा छलफल गर्दैछौ जसलाई तपाईंले आजैबाट सुरु गर्नु भयो भने मात्र आफ्नो जीवनमा सफलता पाउनु हुनेछ ।

१. योजना बनाउनु होस् ।
सफलता प्राप्त गर्ने पहिलो खुड्किलो भनेको योजना बनाउनु हो। अर्थात तपाईंले कुन क्षेत्रमा के काम गरेर सफलता प्राप्त गर्न चाहनु हुन्छ त्यसको निम्ती योजना बनाउनु होस्। योजना तपाईंको सफलताको जग हो। योजना छैन् त सफलता छैन्। त्यसैले आफ्ना काममा सफलता प्राप्त गर्ने हो भने सुरुमा त्यसलाई कसरी गर्ने, के गर्ने, कति गर्ने, कसलाई भेट्ने, सबै प्रकारका योजनाहरुको सुरुवात गर्नुहोस ।

२. अपेक्षा नगरेको कुराको लागि तयार रहनु होस् ।
जीवन एउटा संघर्ष हो संघर्ष गर्दै जाने क्रममा धेरै प्रकारका उताव चढाव आउन सक्छन्। त्यस्तो परिस्थितिको सामना गर्न तयार हुनुहोस । सबै आफ्नै योजनामा चल्छ भन्ने छैन । अपेक्षा नगरिएका जोखिम उठाउन तयार रहनुस ।

३. राम्रो बानीको विकास गर्नु होस्, सकारात्मक हुनुहोस ।
तपाईंसँग ठुलो योजना होला, उत्कृष्ट लक्ष्य होला, ति प्राप्त गर्न तपाईंसंग ठुलै योजना होला तर तपाईंका केही गलत बानीहरु छन भने त्यसले तपाईंको सफलतामा धक्का पुग्न सक्छ । सकारात्मक सोचको बिकास गर्नुस । नकारात्मक बानी ब्यवहाँरलाई त्यागेर राम्रा ब्यवहारका बिकास गर्नुस । हारलाई पनि सकारात्मक लिने गर्नुस । हार वा पराजयबाट पनि पाठ सिक्नुहोस । सकारात्मक सोच र उर्जाले अझ केही गर्छु भन्ने जोश थपि दिन्छ।

४.  लक्ष्यलाई प्राथमिकता बनाउनु होस् ।
साँच्चै नै सफलता प्राप्त गर्न चाहनु हुन्छ भने तपाईंको पहिलो प्राथमिकता लक्ष्य हुनुपर्छ। समयको राम्रो सदुपयोग गरेर लक्ष्यलाई  पुरा हुन बाटो खोलिदिनु पर्छ। आफ्नो लक्ष्य भन्दा फरक वा पृथक नहुनुस ।

५. गल्तीबाट सिक्नु होस् ।
सफलता प्राप्त गर्ने सोचले हिडेको हरेकले धेरै गल्तीहरु गरिरहेका हुन्छन्। गल्ती गर्नु ठुलो कुरा होइन तर त्यस गल्तीबाट पाठ सिकेर अर्को चोटिको प्रयास सफल पार्नु चाहि उत्कृष्ट काम हो।

६. रणनिति बनाउनु होस् । 
सफलतामा पुग्ने बाटो सिधा र सजिलो छैन्। एउटा सोचेको कुरा बारम्बार असफल हुन्छ भने अर्को रणनिति बनाएर अगि बढ्नु होस्। कहिले कसो योजना परिर्वतन गर्नु पनि आवश्यक हुन्छ। कहिलेकाही रणनिती, उपाय र शैलीहरु परिवर्तन गर्नु पर्ने हुन्छ । योजना प्राप्त गर्नको लागि अबलम्बन गर्नु भएको तपाईंको योजना कहिलेकाही अरुलाई भन्न नमिल्ने हुन्छ । त्यसैले आफ्ना रणनितीहरु भित्र भित्र बनाउनुहोस ।

७ विज्ञहरु र अग्रजहरुबाट सिक्नु होस् ।
सफल व्यत्तिको कथाबाट पनि धेरै कुरा सिक्न सकिन्छ। उनीहरु सफलता प्राप्त गरेका विज्ञहरु हुन्। त्यस्तो  व्यत्तिहरुको सफलता पछाडिको पीडा, संघर्ष र मेहेनतको बारेमा खोजी गरि त्यसबाट सिकेर आफूमा सकारात्मक परिवर्तन ल्याउन सिक्नुहोस्।

८. हुदैंन वा नाई भन्न जान्नु होस् । 
सफलताको यात्रामा इमान्दारिताको बाटो अलि लामो हुन सक्छ । वास्ततव मै सर्ट कट केही कुरामा पनि हुन्न ।  हामी बिचमा पनि कति त्यस्ता मानिसहरु छन् जसले गलत बाटोमा हिड्न र गलत काम गर्न उत्साहित गरिराखेका हुन्छन्। आफैले त्यो कुरा जानेर म गर्दिन, हुदैंन, नाई  भन्न जान्नु होस्। ताकि सजिलै कसैले तपाईंलाई सफलता प्राप्त गर्नबाट पछाडि नपारोस् ।

९. सम्बन्ध निर्माण गर्नुहोस ।
विभिन्न क्षेत्रका मानिसहरुसंग तपाईंको सम्बन्ध हुनु आवश्यक छ । विभिन्न क्षेत्रमा संलग्न मानिसहरुबाट थ्रुप्रै कुराहरु  सिक्न सक्नु हुन्छ जसले तपाईंलाई सफलता प्राप्त गर्ने यात्रामा हिड्न सहज बनाइदिन्छ । धेरै ब्यक्तीहरुसंग र धेरै क्षेत्रका ब्यक्तीहरुसंग सम्बन्ध स्थापित हुनाले धेरै कामहरु गर्न पनि सहज हुने गर्दछ । त्यसैले सम्बन्ध निर्माणमा आफ्नो अलिकति समय  खर्चिनु होस्।

१०. हार नमान्नुस । 
कहिलेकाही आँफैले गरेका कामहरुमा असफता प्राप्त होला तर कहिले हार नमान्नुहोस । हिंड्ने मान्छे नै हो लड्ने तर उठ्नुस र फेरि जुट्नुहोस  । लेडेर, चोट लागेको यात्रीले मात्र हो सफलताको यात्राको अनुभुती प्राप्त गर्ने । सफलता सजिलो अवश्य हुन्न, सिक्दै अगि बढ्दै चौनौतीहरु पार गर्ने हो । हार खाएर पराजित हुने योद्दाले सफलता प्राप्त गर्न सक्दैन । तर निरन्तर आफ्ना योजनामा आफ्ना लक्ष्य तिर बढ्नेले अवश्य सफलता प्राप्त गर्छ ।

आजै बाट आफुले मन मनै भन्नुस तपाईं सफल ब्यती हो जसले सफलता प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″]

[irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button