समाचार

डोटीको फास्टाउदै होटल पर्यटन-GoodNews24

Gobal IME Bank

डोटी, १२ जेठ। कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको डोटीका होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् ।
दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले दुई वर्षदेखि होटेल तथा पर्यटन क्षेत्रमा निकै असर गरेको थियो, अहिले महामारी हटेपछि हाम्रो व्यापार व्यवसाय पुरानै शैलीमा फर्किन थालेको छ, अब यस्तो महामारी नआओस् ।”
जिल्लाका व्यवसायीका अनुसार अहिले जिल्लामा स्वदेशी पर्यटकले गतिविधि चलायमान बनाउनुकासाथै यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडमा विदेशी पर्यटकको आगमन दरमा क्रमिक सुधार आएसँगै व्यापार व्यवासय बढ्न थालेको हो । यहाँका होटेल तथा लजमा पछिल्ले समय पाहुना बढेका छन् होटलमा कार्यक्रम आयोजना हुने क्रम बाक्लिएको वर्षा होटल दिपायल पिपल्लाका सञ्चालक गणेशबहादुर बोहराले बताउनुभयो । “गएको चैत महिनादेखि हाम्रा होटलमा पाहुनाहरुले भरिभराउ भएका छन्, विभिन्न सेमिनार, गोष्ठीले गर्दा व्यापार व्यवसाय पनि राम्रै भएको छ”, उहाँले भन्नुभयो ।

डोटीसहित समग्र सुदूरपश्चिममा पर्यटन गतिविधि तथा व्यावसायिक क्रियाकलाप चलायमान भएसँगै विगत दुई वर्षको नोक्सानीलाई नाफामा परिणत गर्न सहज हुने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button