समाचार

पर्यटकको तथ्याङ्क सङ्कलन गर्न मेसिन जडान -Good News 24

Gobal IME Bank

खोटाङ, ११ असार । पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो ।
केही दिनअघि जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले उद्घाटन गर्नुभएको छ । उपप्रमुख रमेशकुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीलगायतको उपस्थितिमा प्रमुख राईले गणक मेसिनको औपचारिकरूपमा उद्घाटन गर्नुभयो ।
हलेसी आउने पर्यटकको गणना गर्नका लागि मन्दिरको गेट (प्रवेशद्वार)मा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिकरूपमा सार्वजनिक गरिने सूचना केन्द्रले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button