समाचार

ग्लोबल आइएमई बैंकद्धारा ट्राफिक पोल हस्तान्तरण-Goodnews24

Gobal IME Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरू उपलब्ध गराएको छ। काठमाडौँ उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू ग्लोबल आइएमई बैंकले हस्तान्तरण गरेको हो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने आशा गरिएको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button