समाचार

विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन -Good News 24

Gobal IME Bank

कालीकोट, ५ भदौ ।  कालीकोटको तिलागुफा नगरपालिका–४ राचुँलीस्थित नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ । तिलागुफा नगरपालिकाले ‘स्वास्थ्यसँग उपप्रमुख’ निःशुल्क शिविर आयोजना गरेको हो ।
नगरपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा निःशुल्क विषेशज्ञ सेवा सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा नगपालिकाका नागरिकले सेवा लिन पाउने भएका छन् । शिविरबाट तिलागुफा नगरपालिकाका नागरिकले बालरोग, स्त्री रोग, दन्त सेवा, हाडजोर्नीलगायत विशेषज्ञ सेवा पाउने नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । “हामीले विगतमा प्रतिष्ठान र नगरपालिकाबीच विषेशज्ञ सेवा सञ्चालन गर्ने सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यही आधारमा विषेशज्ञ सेवा सुरु गरिएको हो ।” शविर तिलागुफा नगरपालिकाको राचुँलीमा मात्र नभएर नगरभरि सञ्चालन गर्ने उपप्रमुख शाहीले बताउनुभयो । “स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यता हटाउन यो कदम चालेका हौँ । ”, उहाँले भन्नुभयो ।
कर्णाली स्वास्थ्य प्रतिष्ठानले कर्णाली तथा आसपासका प्रदेशमा विषेशज्ञ सेवा दिने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले माग गरेका ठाउँमा तथा महामारी तथा अन्य रोग फैलिएको बेला प्रतिष्ठान आफैँ पनि सम्बन्धित ठाउँमा पुगेर सेवा दिने गरेको छ । –––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button