मनोरञ्जनमुख्य समाचारसमाचार

प्रधानमन्त्री कप फुटबलको उपाधि नेपाललाई, मनिष डाँगी बने म्यान अफ दि म्याच

Gobal IME Bank
photo: anzaankc

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा नेपालले लाओसलाई २(१ ले हरायो । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले उपाधि हात पार्न सफल भएको हो ।

डाँगीले खेलको ८७ औं मिनेटमा नेपालको लागि विजयी गोल गरेका थिए ।

तीन देश सम्मिलित प्रतियोगितामा नेपाल, भुटान र लाओस समावेश थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । म्यान अफ दि म्याच मनिष डाँगी बनेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button