समाचार

त्रिविको ताला तीनदिनभित्र खोल्न माग -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २५ जेठ।  अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ । आज अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गर्नुभएको छ ।
उहाँले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताउनुभयो । त्रिविमा लगाएको ताला खोलेर सञ्चालन गर्न सरकार संवेदनशील नभएको उहाँको भनाइ छ ।
अध्यक्ष बरालले त्रिविमा पाँच महिनादेखि लगाइएको तालाले त्रिविलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सरकारको लक्ष्यलाई बाधा पुग्नेसमेत बताउनुभयो । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button