मुख्य समाचारसमाचार

भेट्टीयो धेरै वर्ष देखि गायब भएको टुकुचा खोला – Good News 24

जय नेपाल हलको कम्पाउन्डभित्र महानगरपालिकाको टोलीले उत्खनन गर्ने क्रममा खोला फेला पर्यो

Gobal IME Bank

काठमाडौं । जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला भेटिएको छ । धेरै वर्ष देखि गायब भएको टुकुचा खोला काठमाडौ महानगरपालिकाको टोलीले उत्खनन गर्ने क्रममा जय नेपाल हलको कम्पाउन्डभित्र पफेला परेको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

महानगरका अनुसार नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । स्थानीयहरुले धेरै पहिलेदेखी नै खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको र जसकारण टुकुचा खोला नै गायब भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।

महानगरले १२ साउनमा सूचना जारी गर्दै ३५ दिने सूचनाको म्याद दिई टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । जसअनुरुप दिईएको म्याद नाघेपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button