मुख्य समाचारसमाचार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: यस्तो छ उम्मेदवारको पछिल्लो आँकडा

Gobal IME Bank

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको विवरण सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा उम्मेदवारी पछिल्लो विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई हजार ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् ।

यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई हजार ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् । ती उम्मेदवारकाविरुद्ध आज सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button