मुख्य समाचारशिक्षा स्वास्थसमाचार

लामो समयसम्म पिसाब रोक्ने बानी छ ? स्वास्थ्यमा आउन सक्छ गम्भिर समस्या

Gobal IME Bank

एजेन्सी । हरेक सजिव प्राणीले पिसाब फेर्दछन् यो एउटा सामान्य प्राकृतिक प्रक्रिया हो । जाडोमा भन्दा पनि गर्मी मौसममा मानव शरीरबाट पिसाब बढी जाने गर्दछ। गर्मीमा शरीरबाट पसिनाको रुपमा पानी बाहिर निस्कन्छ भने जाडोमा यस्तो अवस्था आउँदैन । यस कारण गर्मीमा पिसाब कम आउँछ । पिसाब फर्नु एउटा सामान्य प्राकृतिक प्रक्रिया भएपनि कतिपय अवस्थामा भने यस्ले गम्भिर समस्या ल्याउन सक्छ । पिसाब लागिरहेको भएपनि रोकेर राख्दा शरीरमा विभिन्न समस्या आउन सक्छन् । पिसाब रोक्दा के के हानि हुन सक्छ ?

मूत्रथैली फुट्न सक्छ

बारम्बार पिसाब रोक्नाले मूत्राशयको आवरण कमजोर हुन थाल्छ । यो अवस्था लामो समयसम्म दोहोरिएमा पिसाब थैली फुट्ने खतरा रहन्छ । पिसाब लिक हुने सम्भावना रहन्छ ।

दुखाइ महसुस

लामो समयसम्म पिसाब रोक्ने गरेका मानिसहरूको मूत्राशय र मृगौलामा दुखाइको अनुभूति हुन सक्छ । वास्तवमा, मृगौलामा विषाक्त पदार्थ बाहिर निकाल्न दबाब हुन्छ । तर पिसाब रोक्नुले यो प्रक्रियामा बाधा पुयाउँछ । यसले पिसाबको मांसपेशी र मृगौला दुख्ने गर्छ ।

मिर्गौलाको पत्थरी

लामो समयसम्म पिसाब रोक्ने बानीले मिर्गौलामा धेरै असर पुग्दछ । साथै लामो समयसम्म पिसाब रोक्दा पत्थरीको समस्या पनि हुन सक्छ । धेरै स्टोन बनेर मिर्गौला बिग्रने खतरा बढ्छ ।

मूत्र पथ संक्रमण

लामो समयसम्म पिसाब रोक्नुभयो भने पिसाबको पथमा इन्फेक्सनको समस्या हुन सक्छ । पिसाब नलीमा ब्याक्टेरिया बढ्न थाल्छ । यसले पिसाबमा रगत आउनु, जलन हुने, गाढा रंगको पिसाब हुनु, पेटको तल्लो भागमा दुख्ने जस्ता समस्या हुन सक्छ । धेरै समयसम्म पिसाब रोकिने भएकाले महिलामा यस्तो समस्या बढी हुने गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button