गुड न्यूज 24मुख्य समाचारसमाचार

सासु ससुराले गरिदिए बुहारीको कन्यादान, प्रेरणाका स्रोत बने शिव र विना

Gobal IME Bank

एजेन्सी । बुहारीलाई घरको लक्ष्मीको रुपमा हेर्ने गरिन्छ । आफ्नो छोराको जीवन साथी जसले जीवनभर एक अर्काको साथ दिने गर्छन् । बुहारीलाई छोरीकै रुपमा हेर्नु पर्छ भन्ने मान्यता भए पनि सासु ससुरा र बुहारीको सम्बन्ध प्राय सुमधुर किसिमको हुँदैन । छोराको मृत्यु पश्चात् बुहारीको विवाह गरिदिएको हामीले कम नै सुन्ने गर्छौ ।

तर दाङको तुलसीपुरमा यस्तै भएको छ सासु ससुराले बुहारीको विवाह गरिदिएका छन् । ३० वर्षिय आरती श्रेष्ठको उहाँको सासु ससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले कन्यादान गरिदिनु भएको छ । केही वर्ष अगाडी आरतीको विवाह सुरज श्रेष्ठ सँग भएको थियो र २०७४ साल कार्तिक ५ गते क्यान्सरको उपचारको क्रममा ३३ वर्षको उमेरमा अल्पायुमा नै सुरजको निधन भयो । छोराको मृत्यु पश्चात विधवा बुहारीलाई विना र शिवले छोरी बनाएर राख्नु भयो आरतीलाई पढाउनु भयो र काम पनि गर्न दिनु भयो ।

एकल महिलालाई भेदभाव गर्ने समाजमा फरक किसिमका सासु ससुरा हुनु भयो विना र शिव । घरमा सासु ससुराको माया पाएर बस्नु भएको आरतीलाई समाजले भने विभिन्न रोकतोक र उहाँले गर्ने हरेक कार्यको आलोचना गर्ने गर्थ्यो । केही समय पछि फेसबुक मार्फत आरतीको भेट बर्दघाट नगरपालिका वडा नं ५ निवासी चन्दन ध्वज केसी सँग भयो । चन्दनले गाएको कर्णदासको गित सुनेर आरती मोहित भई सम्बन्धको सुरुवात भयो र विवाहमा परिणत भयो ।

एक अर्काबिच माया बसेपछि चन्दन आफ्ना दाजुको साथमा आरतीको हात माग्न जानु भयो र सासु ससुराले खुसीसँग उनीहरुको सम्बन्धलाई स्विकार्नु भयो । बुहारीको रुपमा घर भित्राएको आरतीलाई छोरी बनाएर कन्यादान दिई विदा गर्नु भयो ।

विधवा महिलालाई हेला गर्ने समाजमा आमाबुवा सरह माया गर्ने सासु ससुरा पाएकोमा आरती निकै खुसी हुनु हुन्छ । अहिले तिन परिवार बिच नयाँ सम्बन्ध गाँसिएको छ । आरती आफुले तिन तिन वटा आमा बुवा पाएको बताउनुहुन्छ । यो विवाह नेपाली समाजमा एउटा प्रेरणदायी उदाहरण बनेको छ । एकल महिलाको विवाह मात्र नभई यो अन्तरजातिय विवाह पनि हो । यस विवाहबाट हामीले धेरै कुराहरुको प्रेरणा लिन सक्छौ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button