समाचार

गलकोटमा गाउँघर क्लिनिक -GoodNews24

Gobal IME Bank

बागलुङ, २६ जेठ । सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन गलकोट नगरपालिका–७ मल्मको झिर्कामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको बुधबार वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गर्नुभयो । मल्म स्वास्थ्यचौकीअन्तर्गत सञ्चालित उक्त क्लिनिकबाट परिवार नियोजन, सुरक्षित मातृत्व, पोषण अनुगमनलगायत प्राथमिक उपचार र परामर्श सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज अनिता कार्कीले जानकारी दिनुभयो ।
क्लिनिकबाट हरेक महिनाको २५ गते स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान हुने उहाँको भनाइ छ । प्राथमिक उपचार सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ । क्लिनिकलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि सात सदस्यीय क्लिनिक सहयोग समितिसमेत गठन गरिएको छ ।
समितिको अध्यक्षमा मीना दर्जी र संरक्षकमा वडाध्यक्ष राजबहादुर थापा रहनुभएको छ । वडाध्यक्षमा थापा निर्वाचित भएपछि बसेको स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहिलो बैठकले गाउँघर क्लिनिक खोल्ने निर्णय गरेको थियो ।
स्वास्थ्य सेवाको सहज पहुँचबाट बञ्चित झिर्का, टोकरी र छिमेकी वडा पाण्डवखानी, सिद्धथानका बासिन्दालाई समेत लक्ष्य गरी क्लिनिक सञ्चालनमा ल्याइएको हो । सेवा शुभारम्भ गर्दै वडाध्यक्ष थापाले क्लिनिकलाई छिट्टै सामुदायिक स्वास्थ्य एकाइमा स्तरवृद्धि गर्न पहल गरिने बताउनुभयो । “स्वास्थ्यचौकी पायकमा नपर्दा टाढाको भूगोलका जनतालाई स्वास्थ्य सेवा पाउनै कठिन छ”, उहाँले भन्नुभयो, “सामुदायिक स्वास्थ्य एकाइ बनेमा स्वास्थ्यचौकीसरहकै सेवा दिन सकिन्छ ।”
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button