समाचार

फुटसल बुधबार देखि सञ्चालनमा-Goodnews24

Gobal IME Bank

काठमाडौँ-कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल बुधबार देखि सञ्चालनमा आएको छ ।

फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक सङ्कट बेहोर्नु परेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको अध्यक्ष महर्जनको भनाइ छ । सङ्घले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । विश्व स्वाथ्य सङ्गठनको मापदण्ड अनुसार फुटसल सञ्चालन गरिने सङ्घले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button