समाचारसूचना प्रविधि

ह्वाट्सएपमा आउँदैछन् यी नयाँ फिचरहरु…

Gobal IME Bank

काठमाडौँ । यो विज्ञान र प्रविधिको युग हो । हरेकको हातमा मोबाइल फोन भएका कारण हाम्रो दैनिकी पनि केही हदसम्म सजिलो भएको छ ।

इन्टरनेट र सामाजिक सञ्जालहरु अहिले हरेक मानिसको दैनिक जीवनको हिस्सा बन्न पुगेको छ । आज इन्टरनेटले संसारलाई ग्लोबल भिलेजमा परिणत गरेको छ । सामाजिक सञ्जालहरु जस्तै फेसबुक, इन्स्टाग्राम आजभोलि धेरैजसो मनिसहरुले प्रयोग गर्ने गर्छन् । ती मध्ये ह्वाट्सएप पनि अहिले एक लोकप्रिय एपको रुपमा स्थापित भइसकेको छ । ह्वाट्सएप पनि फेसबुक र इन्स्टाग्रामकै कम्पनी मेटा अन्तर्गत पर्दछ जसका मालिक मार्क जुकरबर्ग नै हुन् ।

जुकरबर्गले ह्वाट्सएपलाई अझै गुणस्तरीय र सुरक्षीत बनाउनका लागि केही नयाँ ह्वाट्सएप फिचर्सहरु एड गर्ने घोषणा गरेका छन् । के हुने छन् त ति नयाँ फिचर्सहरु ? जानी राखौँ ।

१) अवतारहरूः आफुजस्तै देखिने र्काटुन जस्तो क्यारेक्टर नै अवतार हो । आइफोनमा हुने मिमोजी जस्तै ह्वाट्सएपमा पनि अब यस्तै विभिन्न अवतारहरू आउने बताईएको छ । यस्ता कस्टमाइज इमोजीहरु ह्वाट्सएप मेसेजमा पठाउन पनि मिल्नेछ । यो एक रमाइलो फिचर हुनेछ ।

२) ह्वाट्सएप स्टेट्समा रियाक्सनः अहिलेसम्म ह्वाट्सएपको मेसेजमा मात्रै रियाक्ट गर्न सकिन्छ भने अब ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएप स्टेट्समा पनि रियाक्ट गर्न पाउने छन् ।

३) ह्वाट्सएप स्टेट्स अडियोमाः अब ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएप स्टेट्स अडियोमा राख्न सक्नेछन् । यो फिचर भने खासै प्रयोगमा नआउन सक्छ । केही मानिसलाई अडियो सुन्न झन्झट लाग्न सक्छ ।

४) गुप्रको मेसेज डिलिट गर्न मिल्नेः तपाईहरु यदि कुनै गुप्रको एडमिन हुनुहुन्छ भने अब गुप्रको मेसेज डिलिट गर्न सक्नुहुनेछ । पहिला भने यो ह्वाट्सएपमा सम्भव थिएन । यो नयाँ फिचर उपयोगी हुन सक्छ ।

५) गुप्र हिस्ट्री हेर्न मिल्नेः अब तपाईहरुले ह्वाट्सएपको गुप्र हिस्ट्री हेर्न सक्नुहुनेछ । यसको मतलब साठी दिनभित्र कसैले गुप्र छोड्यो भन्ने कुरा थाहा पाउन सकिनेछ ।

६) गुप्र लिभ गर्न मिल्नेः तपाईहरुले ह्वाट्सएपको गुप्र अब साइलेन्टली लिभ गर्न सक्नुहुन्छ । यसको मतलब तपाईले गुप्र लिभ गर्दा अब गुप्रमा कुनै नोटीफिकेसन जादैँन । यसले गर्दा अनावश्यक गुप्रका मेसेज हेर्नै पर्ने हुदैन् ।

७) स्क्रीनसट बल्कः तपाईहरुले ह्वाट्सएपमा भिउ वान्स वाला मेसेजहरुको अब स्क्रीनसट गर्न सक्नुहुने छैन । ह्वाट्सएपको यो फिचर्ले यसलाई अझैँ प्राइभेसी प्रोटेक्टेड बनाएको छ ।

८) गुप्र भिडियो कलः अब तपाईहरुले ह्वाट्सएपको भिडियो कलको लिकं अरु एप जस्तै फेसबुक, इमेल, मेसेन्जरमा सेएर गर्न सक्नुहुन्छ । यसमा एउटा गुप्र भिडियो कलमा करिब ६४ देखि १२८ जति ऐड हुन मिल्नेछ ।

यसरी यस्ता विभिन्न नयाँ फिर्चसहरु ह्वाट्सएपमा आइसकेका र केहीको आउने कम्र जारी रहेको छ । तपाईहरुलाई यी मध्ये कुन फिचर् मन पर्यो त ? प्रतिक्रिया दिनुहोला ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button