मुख्य समाचारशिक्षा स्वास्थसमाचार

दिनमा कति नुन खानु ठिक ?

Gobal IME Bank

एजेन्सी । हामीले स्वादको लागि प्रयोग गर्ने नुनको इतिहास निकै पुरानो छ । भनिन्छ पुरापाषाण कालमा खाना स्टोर गर्दा खाना खराब नहोस् भनेर नुनको प्रयोग गरिन्थ्यो । हाम्रो जीवनशैलीसँगै खानपान पनि परिवर्तन हुँदैछ। घरको खाना देखि फास्टफुडसम्म सबैमा नुनको प्रयोग अत्याधिक मात्रामा भएको पाइन्छ।

यसकारणले गर्दा हामीमा चर्को नुन खाने बानी बस्ने गर्छ । तर, चर्को नुन खानु वा नुन अत्यधिक मात्रामा सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ। लामो र स्वस्थ जीवनका लागि नुनको सेवन कम गर्नु उपयुक्त हुन्छ।
विश्व स्वास्थ्य संगठनले (who) जारी गरेको रिपोर्ट अनुसार ज्यादा मात्रामा नुनको सेवनको कारण धेरै मानिसहरुको ज्यान गई रहेको छ । यस रिपोर्ट अनुसार यदि नुनको सेवन सन्तुलित रुपमा गरियो भने हरेक वर्ष ७० लाख मानिसहरुको ज्यान जोगिन सक्छ ।

किन चाहिन्छ नुन ?
हाम्रो शरीरमा पानी र मिनरल्सलाई सन्तुलित गर्नका लागि थोरै मात्रामा नुनको आवश्यकता पर्ने गर्छ । खानालाई अवशोषित गर्न नुनको आवश्यकता हुन्छ। नुनले मष्तिष्कको कोशिकाबाट एसिडिटीलाई बाहिर निकाल्छ। नुनविना मिर्गौलाले पनि ठिकसंग काम गर्न सक्दैन। नुनले तनाव र भावनात्मक समस्यामा पनि राहत दिन्छ। यसले ब्लड सुगरको स्तरलाई कम गर्छ साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ।

धेरै नुनको सेवनले स्वास्थ्यलाई असर गर्छ भनेर नुन खानै छाड्नु हुदैन । डाक्टरहरुका अनुसार नुन आयोडिनयुक्त हुनु आवश्यक छ। आयोडिनको कमीले कण्ठरोग लाग्ने सम्भावना हुन्छ। आयोडिन बढी पाइन्छ भन्दैमा नुन बढी मात्रामा खानुहुन्न ।आयोडिन आलू तथा हरिया सागसब्जीमा पनि पाइन्छ।

कति सेवन गर्ने नुन ?
बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ। कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ। यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ। डब्लुएचओका अनुसार हरेक दिन पाँच ग्राम भन्दा बढि नुनको सेवन गर्नु हुदैन । यस रिपोर्टको अनुसार विश्वभरको मानिसहरुले अहिले दैनिक १०.८ ग्राम नुन सेवन गर्ने गरेको बताएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button