मनोरञ्जनमुख्य समाचारसमाचार

नवनिर्वाचित सांसद सोविता गौतम अर्जेन्टिनाको सपोर्टमा, मेस्सीको खुलेर प्रशंसा

Gobal IME Bank

काठमाडौं । आज फिफा विश्वकप-२०२२ को फाइनल खेल हुँदैछ । नेपाली समयानुसार खेल ८ः४५ बजे सुरु हुनेछ । आज मैदानमा विश्वकपको ट्रफी उचाल्नको लागि अर्जेन्टिना र फ्रान्स मैदानमा उत्रदै छन् ।

विश्वभरी नै आजको समय फुटबल प्रेमीहरुका लागि विशेष दिन हो । त्यसो त नेपालमा पनि पछिल्लो समय फुटबलको क्रेज निकै नै बढेको पाइएको छ । यसैबिच भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ का नवनिर्वाचित सांसद सोविता गौतम पनि फुटबल प्रेमीका रुपमा खुल्नुभएको छ ।

उहाँले आजको खेलमा अर्जेन्टिनालाई समर्थन गर्नुहुँदैछ । उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको समर्थन गर्दै खुलेर उनको प्रशंसा पनि गर्नुभएको छ । सांसद गौतमले सामाजिक सञ्जालमा

‘जसले आफ्नो जादुयी खेल कौशलमार्फत हाम्रो पुस्तालाई फुटबल पारखी बनाए, फुटबललाई खेलमात्र रहन नदिएर कलाको उच्चतम नमुना बनाए, उनै मेस्सीको अन्तिम वर्ल्ड कप सहभागिता । खेलभन्दा बढी उत्सव, उत्सवभन्दा बढी एक ऐतिहासिक दिनको साक्षी बन्ने मौका । अनी उनले कप चुम्ने क्षणको व्यग्र प्रतीक्षा ।’

भन्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button