समाचार

यमाहाको FZX-150 बजारमा, यस्ता छन् फिचरहरु-GoodNews24

Gobal IME Bank

जेठ ११, काठमाडौं । एमडब्लू इन्टरप्राइजेज बैशाख १५ देखि २१ गतेसम्म आयोजित एमहा महा एक्सचेञ्ज मेलाको अवसर पारी यमाहाको नयाँ बाइक FZX १५० बाइक सार्वजनिक गरेको गरेको छ ।

कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो रियो रेट्रो बाइक हो । जुन एलसिडि मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाईन सम्मिलित गरी तयार पारिएको छ।

यस मोटरसाइकल बिशेषगरि स्वतन्त्र, सहज र आरमदायक यात्रा गर्न रुचाउने बाईकप्रमीहरुलाई लक्षित गरि ल्याएको कम्पनीले जनाएको छ। यस अल न्यू एफ जेड एक्स १५०, फयुल इन्जेक्टेड (एफआई) र भारत स्टाण्डर्ड ०६, एयर कुल्ड, १५० सीसी ब्लु कोर इन्जिन र ५ स्वीड गियर बक्सका साथ तयार पारिएको बाईक हो ।

यसले ७२५० आरपीएममा १२।४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३।३ एनएम टर्क जेनेरेट गर्दछ । उत्कृष्ट कौशलतकारिकताका साथ तयार पारिएको टू लेभल सिट, बलिायो प्याट्रन टायर, फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटिजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button