समाचार

नयाँ यामाहा ‘रे जेडआर १२५ एफआई’ सार्वजनिक-Goodnews24

Gobal IME Bank

काठमाडौं । यामाहा नेपालमा बीएस ६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो । यस्तै यामाहा नेपालले नयाँ ‘रे जेडआर १२५ एफआई’ लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधि मार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रोडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको थियो जसलाई एक लाख भन्दा बढीले हेरेका थिए । यो ग्रान्ड लन्चमा दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरको जानकारी पनि थ्रि डि एक्सपिरियन्स मार्फत दिइएको थियो ।

कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रुपमा हेर्ने एक जना भाग्यशाली विजेताको नाम समेत घोषणा गरिएको थियो। करिब ५० हजार जनाले लाइभ हेर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएका थिए । नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो । जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्ने जानकारी पनि लाइभ मार्फत गरिएको थियो। साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीको दावी छ ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुका स्कुटर बनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button