गुड न्यूज 24मुख्य समाचारसमाचार

बेल्जियमका युट्युबर टिम टेन्सद्वारा राहशल बाल अनाथालयलाई एक लाख ३५ हजार सहयोग

उहाँले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक हजार युरो सहयोग गर्नुभएको हो ।

Gobal IME Bank

मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार (एक हजार युरो) सहयोग गर्नुभएको हो ।

इलाम नगपालिका ९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उहाँको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराउनु भएको छ ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आउनुभएका उहाँको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताउनुभयो ।

पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्नुभएका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गर्नुभएको थियो ।

इिलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गर्नुभएका उहाँले सो क्षेत्रको प्रचारसमेत गर्ने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button