अन्यसमाचार

कोरोना सङ्क्रमण घट्दा चिडियाखाना अवलोकन गर्ने बढे – Good News 24

Gobal IME Bank

काठमाडौँ । काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।

हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा र बिद्यार्थी आउने गरेका छन् ।”

अवलोकनकर्ता बढेसँगै चिडियाखाना प्रशासनले अवलोकनकर्तालाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गराउने गरेको छ । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने नियम बनाएको बताइएको छ ।

चिडियाखाना अवलोकन समय हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म राखिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव जनावर राखिएका प्रमुख शाहले बताउनुभयो ।

उहाँका अनुसार चिडियाखानामा मुख्य आकर्षणका रुपमा बाघ, भालु, चितुवा, रेडपाण्डा ९रातो हाब्रे० रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका गर्न विदेशीलाई रु एक हजार, सार्क राष्ट्रका पाहुनालाई रु पाँच सय, नेपालीलाई रु दुई सय, विद्यार्थीलाई रु एक सय ३५ र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको चिडियाखाना प्रशासनले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेर जङ्बहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रुपमा स्थापना गर्नुभएको हो । विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button