उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर-GoodNews24
काठमाडौँ, ३० भदौ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ ।
थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उहाँले बताउनुभयो । बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देशक शर्माले बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुने बताउँदै उहाँले यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने स्पष्ट पार्नुभयो । सडक विभागका अनुसार यसअघि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर फ्लाई ओभर निर्माण गर्न सर्भे तथा डिजाइनका लागि परामर्शदाता चयनका लागि बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा रहेको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]