Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारसमाचार

वडाध्यक्ष आफै कुखुरा र न्यानो कपडा बोकेर सुत्केरी भेटन पुगे – Good News 24

(१७ श्रावण, जाजरकोट ) हप्ता दिनअघि सुत्केरी भएकी धनसरा सार्कीको घरमा खाने चामल र वच्चाको लागि न्यानो कपडा थिएन् । उनी विरामी पनि परेकी थिइन् । तर सोमवार वडाध्यक्ष बद्री पन्त चामल, न्यानो कपडा, तेल, जिरा, कपडा धुने सावुन र नुहाउने सावन तथा कुखुरा लिएर घर पुगेपछि धनसरा अच्चममा परिन् ।

सुत्केरी अवस्थामा तागतिलो खानेकुरा चाहिन्छ, भारी विराउँदै वडाध्यक्ष पन्तले भने, तपाईको घरमा खानेकुरा छैन भन्ने थाहाँ पाएपछि ल्याएर आए ।

अध्यक्षको कुरा नसकिदै धनसराले भनिन्, अध्यक्ष ज्यू कसरी हाम्रो मर्म वुझ्नु भयो । घरमा न खाने अनाज छ न त पैसा नै । यसले ठुलो राहात भयो । दुखमा साथ दिएकोमा हृदयदेखि नै आभारी छु ।

वडाध्यक्षमा भारी मतले निर्वाचित भएसँगै नलगाड नगरपालिका वडा नम्वर -४, जाजरकोटका वडाध्यक्ष बद्री पन्त जनताको सेवामा निकै सक्रिय छन । आवश्यक खाद्यान्न र लत्ताकपडाको साथै स्वास्थ्यकर्मी र औषधी लिएर वडाध्यक्ष सुत्केरी धनसरालाई भेटन प्यारघारा पुगेरका थिए ।

अध्यक्षसँगै सुत्केरीको घर पुगेकी स्वास्थ्यकर्मी बिना महरले उनको उपचार गरेकी थिइन् । यही साउन १० गते सुत्केरी भएकी सार्कीको घरमा खाने केही नभएकोले आवश्यक सहयोग गर्न अध्यक्ष पन्तले भानुभक्त माद्यामिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका थिए ।


वडाध्यक्षको आग्रह स्वीकादै शिक्षक हासिलाल पन्तले एक हजार, प्रधानाध्यापक भक्तबहादुर ओली, शिक्षकहरु किशोर शाही, सुदाम गौतम, हरिश गौतम, रमेश नेपाली, हिरालाल पन्त र हरिबहादुर ओली पाँच पाँच सय रुपैया सहयोग गरेका थिए ।
शिक्षकहरुले दिएको रकमबाट आवश्यक खाद्यान्न, लत्ताकपडा र कुखुरा किनेर वडाध्यक्ष सुत्केरी भेटन गएका थिए । सुत्केरीलाई ४५ दिनसम्म खाने आईरन चक्की र न्यानो कपडा पनि दिएको छ ।

स्वास्थ्यकर्मी विना महरले अध्यक्षले स्वास्थ्यमै पुगेर धनसराको अवस्थावारे जानकारी दिएपछि औषधी लिएर गएको बताइन् । उनले भनिन्, आफैले सामान वोकेर सुत्केरीको घर पुग्ने वडाध्यक्ष पाउनु लहँबासीको लागि गर्वको कुरा हो ।

वडाध्यक्ष पन्तको कामको सामाजिक संचालनमा व्यापक प्रसंसा भएको छ । विभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत उनको कामको सिको गर्न अरु जनप्रतिनिधीलाई सुझाव दिएका छन् ।

 

 

यो पनि पढ्नुहोस् ….

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button