अन्यमनोरञ्जनसमाचार

प्रेम दिवसको लागि प्रेमिल भनाइहरु – GoodNews24

Gobal IME Bank

प्रत्येक वर्ष फेब्रुअरी १४ तारिख अर्थात फागुन २ गते ,मानिसहरु सँगै समय बिताएर, फूलहरू पठाएर र भ्यालेन्टाइनको प्रेमको सन्देशहरू बाँडेर एक अर्काप्रति आफ्नो प्रेमको सम्मान व्यक्त गर्दछन । क्याथोलिक सेन्ट भ्यालेन्टाइनलाई रोमान्ससँग जोड्ने उनी पहिलो व्यक्ति हुनसक्छन्, तर प्रेमी प्रेमिका बीच मात्र नभई अहिले भ्यालेन्टाइन डे परिवार र साथीभाइप्रति पनि कृतज्ञता सद्भाव र मायाँ देखाउने समय हो ।

भ्यालेन्टाइन डे सन्देशमा सदभावना र सच्चा प्रेम व्यक्त गर्न यी उद्धरणहरू प्रयोग गर्नुहोस्। यदि यी प्रेम भनाइ पठाएकाहरु मध्ये कसैले तपाईंसँग कुरा गर्दैन भने, सायद यी रोमान्टिक उद्धरणहरूले तपाईं प्रति उनीहरुको सद्भावना प्रेम फेरी जाग्न सक्छ । हुन त मायाँ ब्यक्त गर्नको लागि कुनै बिशेस कारण या दिन चाहिदैन तर आजको दिन प्रेम बिशेष भएकाले यी प्रेमिल भनाइले तपाइको प्रणय दिवस अझ यादगार बनाउन सक्छ ।

यहाँ केहि पसिद्ध व्यक्तिहरुको प्रेमिल भनाइहरु संकलन गरिएको छ ।

– “जीवनमा सबै भन्दा ठुलो खुशी कसैलाई प्रेम गर्नु र कसैबाट प्रेम गरिनुमा छ ।”-George Sand, Author

– प्रेम दिवस यति प्रिय दिन हो कि कविहरुले पनि आज छुट्टी लिन्छन । ” -Ted Koosner

– “प्रेमीहरुलाई भेट्न कुनै ठाउँको आवश्यकता पर्दैन उनीहरु सधै एक अर्काको मनमा भेटिन्छन”। -Rumi, Poet

– “सूर्यको किरण बिना फूल फुल्न सक्दैन,र मानिस प्रेम बिना बाँच्न सक्दैन।” -Max Muller, Philologist

– “जव तपाइलाइ निन्द्रा लाग्दैन तव तपाई थाहा पाउनुहुन्छ कि तपाइलाइ प्रेम भयो किनकि जव प्रेम हुन्छ सपना भन्दा पनि वास्तविकता प्यारो लाग्छ ।”- Dr। Seuss, Author

– “प्रेमले तपाइलाई स्थिर र बलियो बनाउँछ त्यसैले प्रेमको कला, धेरै हदसम्म दृढताको कला हो।” -Albert Ellis, Psychologist

– “प्रेमले गुलाबको फुल रोप्यो अनि र विश्व सुन्दर बनायो ।” -Katharine Lee Bates, Songwriter

– ” विवाह सफल हुन् धेरै पटक प्रेममा पर्नु पर्छ, तर सधैं एउटै व्यक्ति संग।” -Mignon McLaughlin, Journalist

– “प्रेमले दुनियाँ चलाउँछ तर दुनियाँलाइ सार्थकता पक्का दिन्छ” । – Franklin P। Jones, Engineer

-“प्रेम धेरै जना सङ्ग गर्ने होइन एकै जना सङ्ग धेरै प्रेम गर्ने हो ।”-Margaret Atwood

– “माया नै सबै भन्दा सर्वसुलभ ,सबै भन्दा महङ्गो र सबै भन्दा प्यारो चिज हो ।”-Pablo Picasso

– ” जहाँ प्रेम हुन्छ, त्यही जीवन हुन्छ प्रेम बिनाको जीवन र जीवन बिनाको प्रेम दुवै अधुरा हुन्छन । ” -Mahatma Gandhi

– ” एकदम सुन्दर र सर्वोत्कृष्ट चिजहरु न देखिन्छन न छोइन्छन तिनिहरु केवल महशुस गरिन्छन र त्यो महशुस नै प्रेम हो ।” -Hellen Keller

-” माया गरेर , माया पाएर ,माया ब्यक्त गरेर कहिल्यै पुग्दैन ।” -Lenny Bruce

-” बिहे गर्नु जिन्दगी भरको लागि दिक्क बनाउने ब्यक्ती जिन्दगीमा ल्याउनु हो ।” -Rita Rudner Comedian

-” प्रेम मानसिक रोग हो र यस रोगको उपचार पनि प्रेम नै हो ।” -Plato Philosopher

-” पैसाले माया किन्न सक्दैन तर माया कहिलेसम्म टिक्छ आजकल यो कुरा पैसाले नै तय गर्ने गर्दछ ।” -Christopher Marlowe

-” सुखले फ़ुर्क्याउदै आओस या दुःखमा घुर्क्याउदै आओस,जब आउँछ वहार झैं आउँछ
प्रेम जतिसुकै उजाड मनमा पनि एउटा दियो पक्कै जलाउछ प्रेम।” – Subin Bhattarai Writer

-” प्रेम एक आत्मा अनि दुई शरिरको सङ्गम हो ।” -Arristottle Philosopher

-” जुन मायामा पागलपन हुन्न त्यो माया माया नै होइन। ” Pedro Calderon

-” मुटुमा कति माया अट्न सक्छ न कविले तुलना गर्न सक्छ न बैज्ञानिकले नाप्न नै ।” -Zelda Fitzgerald

-” जसरि दुनियाँका हर चिज पृथ्वीको गुरित्वाकर्षणसंग झुकेका छन त्यसरी नै हर कोहि प्रेमको आत्मीय आकर्षण संग झुक्ने गर्छन । ” -R Buckminster

-“यदि तिमी मलाइ सम्झिन्छेउ भने मलाइ मतलव हुदैन कि कस कसले मलाइ बिर्सिए।” -Haruki Murakami

-“प्रेम दुई ब्यक्ती मिलेर सङ्गै मूर्ख बन्नु हो । “Paul Valery

– ” प्रेम त्यो अवस्था हो जहाँ तपाइको आफ्नो खुशी भन्दा अरुको खुशी प्रिय बनिदिन्छ । ” Robert Heinlein

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button