Wednesday , 23 September 2020

समाचार

प्लाज्मा दान अभियान सुरु-Goodnews24

काठमाडौं । कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् …

Read More »

तिलोत्तमामा थपिए स्वास्थ्य केन्द्र-Goodnews24

रुपन्देही- तिलोत्तमा नगरपालिकामा थप दुई सरकारी स्वास्थ्य संस्था थपिएका छन् । यससँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालय सहित सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । आजबाट वडा नं १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । वडा नं १ को शिवचोक र वडा नं ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गर्नुभयो। …

Read More »

स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम-Goodnews24

लमजुङ-गण्डकी प्रदेश अन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो …

Read More »

सौराहामा चल्न थाले पर्यटक बस-Goodnews24

भरतपुर- चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश …

Read More »

रेबिज मुक्त नगर बनाउने अभियान शुरु-GoodNews24

बनेपा- पाँचखाल नगरपालिका भित्रका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ । नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान चञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरिसकेको पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमले बताउनुभयो । अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म …

Read More »

रसुवामा कोरोना सङ्क्रमित शुन्य-Goodnews24

रसुवा : जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य भएको छ। पछिल्लो समय जिल्लाभित्र कोरोना सम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेसन शैय्या खाली भएका छन। हालसम्म पीसीआर विधिबाट ८५७ जनाको स्वाब परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापित आइसोलेसन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनु भएको छ। क्वारेन्टाइनमा भने पटक पटक गरी …

Read More »

३८५ परिवारलाई खाद्यान्न-Goodnews24

तनहुँ- जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंक मार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान अनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा …

Read More »

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता-GoodNews24

भरतपुर, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, …

Read More »

डा. केसीका लागि आठ चिकित्सक टोली-GoodNews

काठमाडौँ, ६ असोज : अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको संयोजकत्वमा आठ सदस्यीय टोली गठन गरिएको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.सन्तोष पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कार्यकारी परिषद्ले सोमबार जुम्ला हुँदै …

Read More »

कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ: मन्त्री भुसाल-GoodNews24

इलाम, ६ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताउनुभएको छ । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भुसालको भनाइ छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा चियाको व्यापार चिन्ह (ट्रेडमार्क) विभिन्न चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा …

Read More »
error:

Powered by Youth Circle