Wednesday , 23 September 2020

मनोरञ्जन

ज्यानले तिमीलाई बोलको म्युजिक भिडियो सार्वजनिक-GoodNews24

अल्मोडा राणा उप्रेतीको प्रस्तुतीमा ज्यानले तिमीलाई बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर पनि अल्मोडा राणा उप्रेती कै रहेको पाइन्छ। वर्षा सिवाकोटी, दयाहाङ राई र अल्मोडा स्वंयमको अभिनय रहेको म्युजिक भिडियोमा यी तीन बीच हुने प्रेमलाई रमाईलो ढंगले प्रस्तुत गर्न खोजिएको छ। यो गीतको शब्द रोश्नी खड्का प्याकुरेलले लेख्नु भएको हो। बुदृी तामाङको अभिनय नदेखिए पनि भिडियोमा उहाँको …

Read More »

रुप भन्दा खुबीले संसार जित्ने अभिनेता – सफलताको कथा – GoodNews24

कुनै एउटा निर्देशकको सहायकले सोधे  “को हौ तिमी  ?” उनले भने,  ‘म एउटा अभिनेता हुँ’। खिस्स हाँस्दै  “तिमी कुन एङलबाट अभिनेता देखिन्छौ ?”  अभिनेता वा नायक ६ फिट अग्लो, गोरो, मसल भएको हुनुपर्ने, तर कालो अनुहार, दुब्लो स्वरुप र पाँच फुट हाइटले जिन्दगीको उचाई निर्धारणा गर्नु पर्ने चुनौती संगै  २० वर्षको संघर्षले  एउटा उचाईमा पुर्याउन सफल भएका वयक्ति,  उनी हुन, …

Read More »

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक-GoodNews24

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो। क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान)को खातामा पठाएको …

Read More »

लोकपर्व जितियाको व्रत शुरू-GoodNews24

जनकपुरधाम- मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । विश्वविद्यालय पञ्चाङ्ग र मिथिला क्यालेण्डरअनुसार गए राति अष्टमीको प्रवेशदेखि शुरू भएको यो व्रत शुक्रबार ६ बजेपछि सम्पन्न हुनेछ । …

Read More »

लकडाउनले जुरायो कला निखार्ने अवसर-GoodNews24

तनहुँ- गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उहाँले चित्र कोर्न थाल्नुभयो । तनहुँको भानु नगरपालिका–१३ मा जन्मिनुभएका उहाँलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उहाँले चित्र कोरिरहनुहुन्थ्यो । समय, परिस्थिति र व्यस्तताका कारण आजभोलि उहाँलाई चित्र कोर्ने समय मिल्दैन । जिल्ला समन्वय समिति तनहुँको सदस्य एवं …

Read More »

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक-GoodNews24

विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।  निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिनुभयो । फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गर्नुभएको …

Read More »

अाज जन्मदिन मनाउँदै नाजिर हुसेन-GoodNews24

अभिनयमा अब्बल मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो जन्मदिन मनाउँदै हुनुहन्छ। २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उहाँले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गर्नु भएको थियो । यसमा उहाँले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गर्नु भएको थियो। यो फिल्मपछि उहाँले आफ्नो करिअरमा फर्केर हेर्नुपरेको छैन ।‘होस्टेल रिर्टन्स’ पछि उहाँले लिड अभिनेताको रुपमा …

Read More »

बिग बोस’ को १४ औँ संस्करणको लागि सलमानले लिए एपिसोड बराबर १० करोड २५ लाख-GoodNews24

भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ को नयाँ संस्करण हुने क्रममा छ । यस शोको १४ औँ संस्करणमा पनि कार्यक्रम प्रस्तोता सलमान खान नै रहने भएका छन् । नयाँ सिजनको यस कार्यक्रमका लागि सलमानले हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् ३ महिना भर कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदै छन् । बलिउड मिडियाले यो बलिउडमा …

Read More »

लकडाउनलाई उपयोग गर्दा -GoodNews24

कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन्। विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन ।कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ । कतिपयलाई भने नयाँ नयाँ काम सिक्ने अवसर समेत बनिरहेको छ …

Read More »

नेपाल–भारत फाउडेशनले फोटोग्राफी प्रतियोगिता गराउने-GoodNews24

काठमाडौं । नेपालस्थित भारतीय दूतावास र बीपी कोइराला नेपाल–भारत फाउडेशनले फोटोग्राफी प्रतियोगिता गराउने भएको छ । ‘मैत्रीमार्फत मेरो लेन्स’ नाम दिएको सो प्रतियोगितामा नेपाली नागरिकले मात्र भाग लिन पाउने दूतावासले जनाएको छ । नेपाल भारतबीच रहेको सदियौंको सम्बन्धलाई अझ मजबुत बनाउन यो प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ । नेपाल र भारतबीच सामाजिक एवं साँस्कृतिक सम्बन्ध रहेको त्यो अनुपम सम्बन्धलाई कदर …

Read More »
error:

Powered by Youth Circle