समाचार

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

Gobal IME Bank

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो । विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।

तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुनमा कार्यान्वयनमा आएको थियो । चौतीस दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएका छन् ।

उक्त प्याकेजको समग्र निर्माणमा ६९ प्रतिशत प्रगति रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button