शिक्षा स्वास्थसमाचार

डिस्चार्ज भए घाँस काट्दा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे

Gobal IME Bank

पोखरा– घाँस काट्ने क्रममा लडेर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन्। पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात बिहीबार डिस्चार्ज भएको अस्पतालले जनाएकाे छ।

गत १० कात्तिकमा उनी साथी प्रेम शेरचनको घर नजिकै ब्लकाे पर्खाल समाएर डाले घाँस काट्ने क्रममा पर्खाल भत्किँदा तल खोँचमा खसेर घाइते भएका थिए।  उनको टाउको, छाती र ढाडमा चोट लागेको अस्पतालले बताएकाे छ। उनको करङ भाँचिएर फोक्सोमा छोएकाे थियाे। घिमिरेलाई अर्को साता फलोअपमा आउने गरी डिस्चार्ज गरेको अस्पतालले बताएकाे छ।

उनकाेसमेत अभिनय रहेकाे चलचित्र भष्मे डन अहिले देशभर प्रर्दशन भइरहेको छ। उनले पशुपति प्रसाद, जात्रा, टलकजंग भर्सेस टुल्केलगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button