प्रेम, विवाह, याैनशिक्षा स्वास्थ

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्… Good News 24

Gobal IME Bank

नेपालमा युवा पुस्ता भन्नाले १६ देखी ४० वर्षको उमेर समुहको व्यक्तिलाई भनिन्छ । यो उमेर भनेको हाम्रो जीवनको महत्वपुर्ण चरण हो । यतिबेला हामी आफ्नो पढाई पुरा गरिरहेका हुन्छौँ , आर्थिक रुपमा स्थिर हुने प्रक्रियामा लागिरहेको हुन्छौँ र करियर बनाईरहेको हुन्छौँ । युवा अवस्थामा पनि २० सौँ वर्ष देखिको समय जस्लाई अंग्रेजीमा हामी ट्वेन्टिज भन्छौँ सबैभन्दा महत्वपुर्ण समय हो । यतिबेला हामी पढाई सकेर रोजगारीको लागि ध्यान केन्द्रित भईरहेको हुन्छौँ । यो समयमा हामीलाई परिवार र समाजबाट विभिन्न किसिमको दबाब आईरहेको हुन्छ ।
हाम्रो समाजले एक किसिमको ढाँचा बनाएको छ कि कुन उमेर सम्म पढाई सकाउने , कुन समय सम्म काम र आर्थिक रुपमा सेटल हुने , विवाह गर्ने र परिवार बनाउने । विदेशी समाज भन्दा पनि हाम्रो नेपाली समाजमा यस्को दबाब युवाहरुमा बढि हुन्छ । २० सौँ वर्ष हाम्रो जीवनको सबै भन्दा महत्वपुर्ण चरण हो तर समान परिवार र अरु विभिन्न कारणले युवाहरुबाट कुलतमा फसिरहेका हुन्छन् र गलत बाटो पछ्ईरहेका हुन्छन् ।
यो समयमा युवाहरु सजग हुनु जरुरी छ र सहि मार्गदर्शन दिने व्यक्तिको सँगत गर्नु पर्छ । आफुलाई गलत बाटोमा जान नदिन धेरै कुरामा ध्यान दिनु पर्छ । के के हुन् २० वर्षको उमेरमा ध्यान दिनु पर्ने कुराहरु ?

१. कुनै व्यक्तिसँग पनि धेरै घनिष्ट नहुने
हामीले सधैँ याद राखिराख्नु पर्ने कुरा हो । हाम्रो जीवनमा कुनै पनि कुरा र व्यक्ति स्थायी रुपमा रहदैनन् । प्राय मानिसहरु यो कुरा बिर्सेर अथवा बेवास्ता गरेर अरु व्यक्तिसँग घनिष्ट सम्बन्ध बनाईरहेका हुन्छन् । यि व्यक्तिहरुले छोडेर जाँदा मानसिक रुपमा तनाव र चिन्तामा रहन्छन् र गलत बाटो रोज्छन् मानौ उनिहरु विना जीवनमा केहि कुराको महत्व छैन । अरु व्यक्ति भन्दा आफुलाई बढि महत्व दिनु पर्छ किनभने हामीलाई जीवन दिने आमा बुवाले पनि हामीलाई एक दिन छोडेर जानु हुन्छ भने अरु व्यक्तिले छोडेर जानु त झन् नौलो कुरा होइन । साधारण व्यक्तिको औसत उमेर ६० देखि ७० वर्ष सम्म हुन्छ त्यसमा १,२ वर्ष वा २, ३ महिना कोही व्यक्तिसँग बिताउदैमा त्यस व्यक्तिलाई आफु भन्दा बढि महत्व दिनु हुदैन । आफु सफल नहुँदा जति नै नजिक वा घनिष्ट सम्बन्ध भए पनि ति मानिसले हामीलाई छोडेर जान्छन् त्यसैले सधैँ आफुलाई प्राथमिकता र महत्व दिने ।



२. आर्थिक व्यवस्थापन गर्ने बानि बसाल्ने

यो सामान्य र धेरै युवाहरुले गर्ने गल्ति हो र कुसैले पनि यो कुरालाई स्विकार भने गर्दैन । धेरै युवाहरु पढाई सकिए पछि काम गर्न त थाल्छन् तर त्यही अनुसार फाल्तु खर्च पनि गरिरहेका हुन्छन् । पैसा खर्च त भईरहेको हुन्छ तर कता खर्च भईरहेको हुन्छ भन्ने कुरा आफैलाई थाहा भईराखेको हुदैन । यो कुराबाट बच्नको लागि  पैसा व्यवस्थापन गर्ने तरीका अपनाउन सकिन्छ जसलाई ५० ,३० ,२० को नियम भनिन्छ । यो नियम अनुसार हाम्रो आम्दानी जति नै भएपनि त्यसको ५० प्रतिशत पैसा हाम्रो आवश्यकताहरुमा जस्तै रासन ,औषधी इत्यादिमा खर्च गर्ने , ३० प्रतिशत हामीलाई चाहिने कुराहरुमा खर्च गर्ने र २० प्रतिशत पैसा लगानी र बचत गर्ने बानी बसाल्ने ।



३.आफ्नो ख्याल राख्ने

वेस्ट मेडिकल सेन्टर हेल्थ नेटवर्क अनुसार १८ देखि २८ वर्षको उमेर शिखर समय हो यसबेला हाम्रो शरिरमा उर्जा धेरै हुन्छ । तर यो उमेरमा युवाहरुले आफ्नो ख्याल गरिरहेको हुदैनन् अस्वस्थ खाने कुराहरु खाने र कुलतमा फस्ने गर्छन् पछि यहि कुराहरुले उनिहरुलाई नकारात्मक रुपमा असर गर्छ । त्यसैले यो समयमा युवाहरुले आफ्नो ध्यान र ख्याल गर्ने बानि बसाल्नु पर्छ ,सेल्फ केयर र सेल्फ ग्रुमिङमा बढि ध्यान दिने ।

४. नयाँ कुरा र ठाँउहरुको खोज गर्ने
हामीले वृद्धहरुले भनेको सुनिरहेको हुन्छौँ उमेरमा सोचेको कुरा नगर्दा पछि पछुतो भएको भनेर र सुझाव पनि दिनु हुन्छ मन लागेको कुरा उमेर भएकै बेला गर्नु भनेर । तर युवाहरु अनावश्यक कुरामा आफ्नो समय बिताइरहेका हुन्छन् जसले कुनै किसिमको फाइदा गर्दैन । यि बानीलाई त्यागेर फाइदाजनक कुरामा समय खर्च गर्ने नयाँ कुरा सिक्ने , नयाँ ठाँउहरुमा जाने र ति काममा १०० प्रतिशत मिहेनत गर्ने बानी बसाल्ने ।

५. नकारात्मक मानिसहरुबाट टाढा बस्ने
हाम्रो जीवनमा हरेक किसिमको साथी ,व्यक्तिहरु हुन्छन् यि मध्ये कोही हाम्रो शुभचिन्तक हुन्छन र कोही हामी असफल भएको हेर्न चाहान्छन् । यसप्रकारको व्यक्तिहरुले हामीलाई मानसिक रुपमै तनाव दिइ रहेका हुन्छन् । हामीलाई सानो र केही गर्न सक्दैनौ भन्ने महसुस गराई रहेका हुन्छन् ।  त्यसैले यस्ता व्यक्तिहरुबाट टाढा नै बस्ने र उनिहरुको कुराबाट प्रभावित नहुने ।

६. किताबहरु पढ्ने बानि बसाल्ने
हाम्रो शरिरलाई सहि रुपमा काम गर्नको लागि जसरी व्यायामको आवश्यकता पर्छ, त्यसै गरी हाम्रो मष्तिस्कलाई पनि व्यायामको आवश्यकता पर्छ । धेरै व्यक्तिमा पढ्ने बानी हुदैन उनिहरु समाजले जे सिकाउछ त्यही नै कुराहरुलाई पछ्याईरहेका हुन्छन् । उनिहरु सिर्फ स्कुल र कलेजमा पढेको किताबमै सिमित रहन्छन् । सि एन एनको अनुसन्धानले पनि बताएको छ जो मानिसले वर्षमा ७ वा सो भन्दा बढि किताब पढ्छन् उनिहरुमा १२२ प्रतिशत मिलियनर हुने सम्भावनाहरु बढाउछ । धैरे विज्ञ व्यक्तिहरुले बताएका छन् ज्ञानको कम्पाउन्डिङ पैसाको कम्पाउन्डिङ बढि हुन्छ । त्यसैले पढ्ने बानि बसाल्ने ।

७. समयलाई महत्व दिने
हामीले आफ्नो समयलाई महत्व दिनुपर्छ । कुनै पनि व्यक्तिले आउने १० वर्षमा के के गर्ने भनेर प्लान गरिरहेका हुन्छन् र हामी सँग समय कम र काम धेरै हुन्छ । त्यसैले आफ्नो समय कता खर्च गरिरहेको छु र त्यसले आफुलाई फाइदा हुन्छ वा हुदैन भन्ने कुरामा ध्यान दिनु पर्छ । आफुलाई यदि त्यो कामले नकारात्मक असर गर्छ भने त्यहाँ आफ्नो समय खर्च नगर्ने ।

यि कुराहरुलाई ध्यानमा राख्दा युवाहरुको लागि फाइदाजनक हुन्छ र भविष्यमा पनि उनिहरु सफल हुन सक्ने सम्भावना बढ्छ ।

 

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button