मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा के तरकारी खाने ?

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा प्रसस्त मात्रामा तरकारी पाइन्छन् । गर्मी मौसममा खानामा अलिकता लापरवाही गर्दा बिरामी हुने जोखिम बढ्छ । जाडो मौसमको तुलनामा गर्मीमा हाम्रो पाचन शक्ति कमजोर हुन्छ । यस्तो समयमा बढी तारेको या मसाला धेरै हालेको खाना धेरै खानुहुँदैन । फुड प्वाइजनिङको समस्या पनि यही मौसममा धेरै हुने गर्छ। त्यसैले यो मौसममा सजिलै पच्ने किसिमको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ ।

१. गोलभेंडा
दैनिक एउटा गोलभेंडा खाँदा धेरै किसिमको रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै फाइदाजनक मानिन्छ ।

२. प्याज
गर्मी मौसममा प्याज खानु निकै लाभदायक हुन्छ । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । गर्मीमा काँचो प्याज खानाले लू लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा सेवन गर्न सकिन्छ ।

३. करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ, यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै करेलामा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा यसको सेवन गर्नु राम्रो मानिन्छ ।

४. हरियो सिमी
हरियो सिमी खाँदा शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा प्रसस्त मात्रामा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका उत्पादन गर्न पनि मद्धत गर्छ ।

५. फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न पनि मद्धत गर्छ । यसको बियाँ खाँदा प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा मिल्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै लाभदायक खाना हो ।

६. लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले यसलाई सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा गर्छ, ग्यास बन्न दिँदैंन । लौकामा फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि निकै लाभदायी हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button