दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’ को प्रयोग-Goodnews24

भरतपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’ मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो ।
जिल्लामै पहिलो पटक अत्याधुनिक लाइडर गन मार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उहाँले बताउनुभयो । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । “चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई पछिसम्म निरन्तरता दिनेछौँ ।” उहाँले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुन समेत अनुरोध गर्नुभयो ।
ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ । चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतना मूलक बोर्ड समेत राखेको छ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]