गुड न्यूज 24समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल, एक महिनाभित्र प्रतिवेदन बुझाउने

Gobal IME Bank

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।  अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा शुक्रबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। यसमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन् भने कृषि मन्त्रालयका सहसचिव सदस्य-सचिव रहने छन्। कार्यदलले काम सुरू गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले बताए।

यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ। यसले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यता के छ भन्नेबारे अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ।  चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने उल्लेख थियो। बजेट वक्तव्यको १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button