समाचार

सामाजिक सेवा इकाइमार्फत निःशुल्क सेवा

Gobal IME Bank

किमाथाङ्का । जिल्ला अस्पताल सङ्खुवासभामा सामाजिक सेवा इकाइमार्फत एक हजार बढीले निःशुल्क उपचार गराएका छन् ।

सामाजिक सेवा इकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिइएको थियो ।

स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीय बताउछन् ।

छ महिनाको अवधिमा एक हजार दुई सय ८२ जनाले निःशुल्क सेवा लिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । सेवा लिनेमा ज्येष्ठ नागरिक पाँच सय ८७ जना, आर्थिक अवस्था कमजोर भएका छ सय ९५ जना रहेका छन् ।

हालसम्म रू १२ लाख ५४ हजार सात सय खर्च भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विभिन्न लक्षित समूहका बिरामीले निःशुल्क स्वास्थ्य उपचारको लाभ लिएका हुन् ।

सम्बन्धित लक्षित समूह प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गरिएको हो । अस्पतालमा हार्डजोर्नी विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापिलगायतका सेवा सञ्चालनमा छन् ।

सामाजिक सेवा इकाइ बाहेक साउनदेखि पुुस मसान्तसम्म २४ हजार आठ सय २४ जनाले सेवा लिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नौ हजार पाँच सय ८३ जनाले उपचार लिएका छन् । अस्पतालमा छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् ।

विसं २०३३ मा निर्मित यस अस्पतालमा ५० शय्या छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button