अन्यगुड न्यूज 24शिक्षा स्वास्थ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस् – Good News 24

Gobal IME Bank

महिला विशेष गरि घरेलु काममा नै व्यस्त हुन्छन । महिलाहरुलाई सानातिना घरेलु काममा आउने समस्याहरुमा पनि अरुको सहयोग लिनु पर्ने अवस्था हुन्छ । वास्तवमा  यी स-सना घरायसी कामलाई कम महत्वका ठान्छौं । सामान्य कारणले पनि घरको विद्युत सर्ट हुन्छ, हामी त्यो समस्या सल्टाउन छाडेर Electrician गुहार्न थाल्छौ । कहिलेकाही धाराको टुटी भाँचिन पुग्छ, कहिले काही केही टुटफुट भइरहेको हुन्छ । यस्तो अवस्थामा हामी त्यही समस्यासंग सम्बन्धित प्राबिधिकको भर पर्दछौ र सामान्य समस्याको पनि बढी मुल्य चुकाउछौ । जबकी यी सामान्य काम हामी आफै गर्न सक्छौं ।  यही कारण घरखर्च हामीले सोचेभन्दा बढी भइरहेको हुन्छ । यहाँ हामी घरेलु महिलाले जान्नै पर्ने समस्या सीपको बिषयमा चर्चा गर्दै छौ । जुन सीपहरु सबैले जान्नै पर्छ ।

१) सानोतिनो मर्मतको सीप
सानो तिनो रिपेयरिङको कार्य गर्नु पर्दा महिलाहरु घरमा भएका पुरुष या त सम्बन्धित काम गर्ने व्यक्तिको भर पर्छन । घरको पेन्टिङ, प्लम्बिङ, कार्पेन्टिङ, इलेक्टि्रकल वर्क, घरलाई मेन्टेन गर्ने र मर्मत-संभारसँग जोडिएका सानोतिनो केही काम हुन्छन्, जो महिला आफै गर्न सक्छिन । यी काम गर्नका लागि हामी पर्फेक्ट हुनुपर्छ भन्ने छैन । आधारभूत जानकारी भए काफी हुन्छ । यसले हाम्रो दैनिकी छरितो हुन्छ र कसैलाई गुहारी राख्नु पर्ने आवश्यकता हुन्न । सबै घरमा बिजुलीको मुख्य कन्ट्रोल मेन स्वीच हुन्छ । यदि बिजुलीमा केही समस्या आएमा पहिला मेन स्वीच अफ गर्ने र समस्या पहिचान गरी समस्या समाधान गर्ने । आफुसंग एउटा बिजुली चेक गर्ने टेस्ट पेन राखी राख्ने । बिजुलीको लाइन पहिचान गरी सामान्य जडान वा समस्याको काम आँफै समाधान गर्ने ।  साथै पानीको समस्या भएमा पहिला मेन कन्ट्रोल बन्द गर्ने । त्यस पछाडि रिपेरिङ्गको काम सम्पन्न गर्ने ।  अन्य सामान्य समस्या समाधानका लागि त्यससंग सम्बन्धित प्रावधिक संग सोधपुछ गर्ने ।

२) कपडा सिलाइ-कटाइको सीप
कतिपय रेडिमेड कपडा शरीरमा नमिलेर, फाटेर, च्यातिएर, कुनै दाग लागेर काम नलाग्ने हुन सक्छ।  यस्ता घरेलु साना साना समस्या महिलाहरुले नै सुल्झाउनु पर्ने हुन्छ । यसका लागि सामान्य सिलाई-कटाइको जानकारी हुनुपर्छ । यसका लागि आवश्यक सामाग्री सियो, धागो र कपडा सिलाउने मेशिन घरमा राख्न सकिन्छ । कतिपय लुगा राम्रो हुन्छ, तर हामीलाई फिट हुँदैन । कतिपय लुगाको फेसन गइसकेको हुन्छ । यस्ता लुगालाई डिजाइन फेरेर नयाँ डिजाइनमा सजाउन सकिन्छ । यस्ता सामान्य सीप महिलासँग हुनुपर्छ ।

३) आत्मरक्षाको सीप
हाम्रो समाजमा महिला त्यति सुरक्षित छैनन्, महिलाको बलात्कार तथा हत्याका घटनाहरु  प्राय सुनिरहेका हुन्छौ । यस्ता सम्भावित घटनाहरुबाट बच्ने कला सिक्नु महिलाको लागि अति जरुरी छ । जस्तो कि यदि कुनै सुनसान बाटो बाध्यता बस हिड्नु पर्यो भने मोबाइल फुल चार्ज गरेर हिड्ने । पर्समा स्प्रे तथा कुनै तिखो वस्तु बोक्ने ताकि आपत्कालिन अवस्थामा त्यसलाई प्रयोग गर्न सकियोस । केही सामान्य प्रतिरक्षाका तालिम र उपाय वा कला पनि सिक्न सकिन्छ ।

४) समय व्यवस्थापनको सीप
घरमा महिलाले पुरुषले भन्दा धेरै घरेलु काम गर्नु पर्ने अवस्था हुन्छ । कतिपय महिलाको लागि घर र अफिस दुवै कामको लागि समय मिलाउनु पर्ने हुन्छ । समय व्यवस्थापन गर्न नजान्दा घर र अफिस दुवै काम बिग्रिन सक्छ त्यसले महिलाले आफ्नो समयको तालिका बनाउने र सोहि अनुसार काम गर्न जानेमा निकै नै राम्रो हुन्छ । समयलाई ख्याल गरेर सबै कुरालाई ब्यवस्थापन गर्ने प्रयास गर्ने । बिहानको समयमा अलि चाँडो उठ्ने र साथै बेलुकी छिट्टै सुत्ने । समय ब्यवस्थापन एउटा असल महिलाको चिनारी हो ।

५) प्राथमिक उपचारको सीप
बेलाबखत घरमा काम गर्दागर्दै सामान्य चोट लाग्न सक्छ,  सामान्य चोटपटकको उपचार आफै गर्न सक्नुपर्छ। कहिले खानपानको कारण बिरामी हुनसक्छ । कहिले अचानक अस्वस्थ्य हुन सक्छ । यस्तो अवस्थामा महिलाले आफुले नै तत्कालिन समस्याको समाधान गर्न सक्षम हुनु पर्दछ । सामान्य घाउचोटमा मात्र होइन, कुनै आपत्कालिन अवस्थामा विरामीको प्राथमिक उपचार कसरी गर्ने भन्ने कुरा महिलालाई मात्र नभएर परिवारका सबैजसो सदस्यलाई थाहा हुनुपर्छ । त्यसैले प्राथमिक उपचारका सामाग्रीहरु घरमा राख्नु पर्दछ ।

६) प्राकृतिक प्रकोप व्यवस्थापनको सीप
वाढि पहिरो, आगलागी, भुकम्प यस्ता प्राकृतिक प्रकोपहरू अचानक आउँछन् । त्यस्तो समयमा आफु र परिवारलाई कसरी सुरक्षा दिने भन्ने बारे ज्ञान हुनु महिलाको लागि अति आवश्यक छ । जस्तै एउटा झोलामा कपडा या अति जरुरी अन्य खाने पिउने चिजहरु राखिराख्ने ताकि अचानक कुनै आपत्कालिन प्रकोप आइपर्दा लिएर हिड्न सजिलो होस् । यस्ता कुराको ज्ञान राख्नाले समस्या आइपर्दा समाधान गर्न सजिलो हुन्छ ।

गुड न्यूज 24
www.goodnews24.com
GoodNews Media

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button