Grace Computer Jawalakhel
अन्यगुड न्यूज 24शिक्षा स्वास्थ

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस् – Good News 24

हरेकको जीवनमा कुनै न कुनै प्रकारको चिन्ता वा निराशा हुन्छ। सामान्य वा प्रख्यात मानिस सबैमा नकरात्मकता र चिन्ता भरिएकै हुन्छ। धेरे पटक सबैले गलत निर्णय गरिराखेका हुन्छन्। हरेकलाई आर्थिक अभाव छ, हरेकको ह्रदय कसै न कसैले दुखाएको छ र कमजोर  छ। तर धेरै जनासगं त्यस्तो उपायहरु छन्, जसले छिटो भन्दा छिटो त्यो सबै समस्या र नकरात्मकताबाट बाहिर निस्की सामान्य र सकरात्मक भएर अगाडि बढ्न थालि हाल्छन् ।

तल उल्लेखित ७ पक्षहरुले तपाईंलाई सबै खालको समस्याबाट छिटो बाहिर निस्कन मदत गर्छ । 

१. आफ्नो दिनको शुरुवात तपाई कुन सोचमा रहेर गर्नुहुन्छ ? , यो आफैमा महत्वपूर्ण छ। तपाईले सुत्नु अगि जुन अलाम राखेर सुत्नु हुन्छ सोहि समयमा उठ्ने गर्नुहोस्। हरेक बिहान एउटा विजेता बनेर आफ्नो दिनको शुरुवात गर्नुहोस्।

२. आफ्नो दिनको शुरुवात सबै कुराको लागि धन्यवाद दिई गर्नुहोस्। आज तपाई उठ्नु भएको छ, देख्न सक्नु हुन्छ, बोल्न, सुन्न र हिड्न सक्नुहुन्छ यो सबै कुराको लागि धन्यवादी हुनुहोस्। किनकि ससांरमा धेरै जनाले यो दिनमा यी सबै कुराको देख्न पाएको छैन्। धन्यवाद दिनु सबै भन्दा शत्तिशाली प्रार्थना हो ।

३. सकरात्मक सोच र विचार भएको मानिसहरुसंग मात्र संगत गर्नुहोस्। मानिसले तपाईलाई दिने नकरात्मक सोच र कुराहरुले तपाईलाई हानी गर्छ तर सकरात्मक सोच र कुराहरुले भरिएको मानिसको साथ र संगतले तपाईमा पनि सकरात्मकता भरिदिन्छ।

४. महात्मा गान्धी र बुद्धले भन्नु भएको छ की, जस्तो हामी सोच्छाै त्यस्तै हामी बन्छाै  । हाम्रो वरिपरि नकरात्मक र सकरात्मक दुवै प्रकारले भरिएको मानिसहरु हुन्छन् । त्यसैले आफैले त्यो सबै नकरात्मकताबाट टाढा रहनु पर्ने हुन्छ। तपाई आफैले आफूमा प्रवेश गर्ने नकरात्मक कुराहरुबाट बच्न पहरेदार बन्नु पर्ने हुन्छ।

५. नकरात्मकताले तपाईको आत्मबललाई कमजोर बनाई दिन्छ। यदि  तपाई केही पनि नगरी खाली बसिरहनु भएको छ भने त्यस्तो  बेलामा नकरात्मकताले तपाईलाई कब्जा गर्ने माैका पाँउछ। त्यो समय तपाई जागरुक रहनु पर्ने हुन्छ ताकि तपाईले नकरात्मक सोच र विचारलाई तपाईमा प्रवेश गर्नबाट राेक्न सक्नुहोस्। तपाईको शारीरिक सन्तुलनको लागि जसरी डाईटको फलो गर्नुहुन्छ त्यसरी नै मानसिक सन्तुलनको लागि सकरात्मक कुराहरुले भरिएको डाईटको फलो गर्नुहोस्।

६. तपाईले कस्तो खालको खाना खानु हुन्छ यो पक्षले पनि तपाईमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सके सम्म तपाईले प्राकृतिक खाना खाने बानी गर्नु होस् जस्तै हरियो सागसब्जी, सलाद, फलफूल आदि र बजारको खाना भन्दा  तपाईको भान्सामा बन्ने खाना खाने बानी गर्नुहोस् ।

७. तपाई कसरी आफ्नो दिनको अन्त्य गर्नु हुन्छ, सुत्नु अघि आफ्नो दिमाग यि प्रश्नहरू गर्नुस्  आज के सिक्नु भयो ?  अरुलाई सहयोग गरे ?  के के सकारात्मक कुरा भए ? मेरो उद्देश्यको नजिक ल्यायो ?  भोलि के गर्ने ? यसले तपाई भित्र र बाहिर हरेक नकरात्मक पक्षको अन्त्य गर्ने ताकत राख्छ।

यो सबै कुरा गर्नाले तपाईमा सकरात्मक सोच र कुराहरु भरिने छ र तपाईले सुन्दर जीवन बिताउन सक्नु हुनेछ।
-सुमित नेपाली

 

यो पनि पढ्नुहोस् ….

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button