मनोरञ्जनसमाचार

सबैभन्दा बढी सन्तान हुने राष्ट्रपति कहाँ को ? हेर्नुहोस् अन्य रोचक तथा रमाइला तथ्यहरु

Gobal IME Bank

छाताको कथा
प्राचीन कालमा कतिपय समाजमा छाताको आकार र रंगले मानिसहरुको सामाजिक हैसियत समेत दर्शाउने गर्थ्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन ।

सबैभन्दा बढी सन्तान हुने राष्ट्रपति
अमेरिकी इतिहासमा हेर्ने हो भने सन्तान हुने राष्ट्रपतिको रुपमा जोन टाइलरको नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको दशौं राष्ट्रपतिका रुपमा पद सम्हालेका जोन टायलरका जम्मा १५ जना सन्तानहरु थिए ।

प्रकृति
बितेको २५ वर्षभित्रमा विश्वमा भएका एक तिहाई प्राकृतिक स्रोतहरु नष्ट भइसकेका छन् । यसो हुनुको मूल कारण विश्वमा अनियन्त्रित रुपमा बढ्दो जनसंख्या र प्रकृतिमाथि मानिसको अन्धधुन्ध हमला हो ।

उल्लूको अर्थ बुद्धिमान पनि
कसैले हामीलाई उल्लु भन्दा हामी यसको अर्थ मूर्ख बुद्धू भन्ने बुझ्छौँ । तर उल्लूको अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।प्राचीन ग्रीकमा उल्लूलाई बुद्धिको देवताको रुपमा पुज्ने चलन थियो । यस रात्रिचर प्राणीले बालीनालीमा लाग्ने कीरा फट्यांग्राहरु खाएर कृषकहरुलाई मद्दत गर्ने भएकोले यसलाई बुद्धिको देवताको रुपमा लिइएको हो ।

नखाई ६ महिना बाँच्ने जीव
एउटा ह्वेलले एक दिनमा करीब ३ टनसम्म भोजन गर्न सक्छ भने उसले ६ महिनासम्म केही नखाइकन पनि बाँच्न सक्छ ।

उभिएरै सुत्ने प्राणी
घोडा यस्तो विचित्रको प्राणी हो, जो उभिएरै पनि निदाउन सक्छ ।

बालुवाको पहाड
अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई १४०० फुटसम्मका पनि हुन्छन् ।

चुलुबले औंला
हाम्रो शरीरमा औंला महत्वपूर्ण भाग हो, यसलाई नियन्त्रण गर्न हाम्रो मस्तिष्कले अधिकांश समय खर्च गरिहेको हुन्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कले जति समय खर्च गर्छ, त्यति समय छाती र पेटलाई नियन्त्रण गर्न पनि लाग्दैन ।

यसरी बन्छ दूधबाट दही
दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button